प्रहरीले नागरिकता र राहदानी अनुसन्धान गरिरहेका बेला गृहमन्त्री हुन मिल्छ ?

काठमाण्डौं,पुष १२ । मन्त्रिमण्डल गठन सँगै राष्ट्रिय स्वतन्त्र पार्टिले उपप्रधानमन्त्री सहित गृह मन्त्रालय पायो । संसदिय दलको नेताको हैसियतले पार्टिको तर्फबाट अध्यक्ष रबी लामिछनेले नै उक्त मन्त्रालय पाए । यतिबेला उनको नागरिकता र पासपोर्ट सम्बन्धी छानबिन सोही मन्त्रालयले गरी रहेको छ ।

यस्तो अवस्थामा उनको छानबिन प्रभावित हुने आशंका पैदा भएको र चौतर्फी टिकाटिप्पणी हुन थालेको छ । यसै प्रसंगमा सामाजिक संजाल,टुइटर लगायतमा बधाई मात्र होइन उनको बारे प्रश्न पनि गर्न थालेका छन । यधपी उनले सो बिषयमा प्रशासनलाई पूर्णरुपमा स्वतत्र भएर कामगर्ने अधिकार दिएको छु भन्नु भएको छ ।

कस्ले के भने

संबिधानबिद्द भिमार्जुन आचार्य लेख्नु हुन्छ ।
ठूला भनिएका दलहरूले नयॅंाहरूलाई एकै घानमा लेख्नु हुन्छ सटले स्वाहा पारिदिने खतरा बढ्यो। संसद् भित्र पनि धेरै कामहरू छन।मन्त्री नै बन्ने भए कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै सुधारको खांचो छ। कृपया जनमतमाथि घात नगर्नु होला ।

सन्जिब उप्रेती
प्रहरीले नागरिकता र राहदानी अनुसन्धान गरिरहेका बेला गृहमन्त्री हुन मिल्छ ? बरु कुनै अर्कै मन्त्रालय लिए हुन्थ्यो।अनुसन्धानले निर्दोष देखाएमा पनि गृहमन्त्री बन्न मिल्छ।तर प्रहरीले investigation गरी रहेको र प्रहरी गृहमन्त्रालयसित जोडिएको अवस्थामा यो सरासर conflict of interest हो।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv