प्रचण्ड प्रधामन्त्री भएपछी बालुवाटार छाड्दै देउवा
काठमाण्डौं,पुष १३ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले धुम्वाराहीमा भाडामा घर पाएका छन् । बूढानीलकण्ठमा रहेको आफ्नो घरमा मर्मतको काम चलिरहेकाले प्रचण्ड प्रधानमन्त्री भएपछि पनि देउवाले बालुवाटारस्थित प्रधनमन्त्रीको निवास छोड्न सकेका छैनन् ।
“धुम्बाराहीमा घर भेटिएको छ । तर, एग्रिमेन्ट अझै भइसकेको छैन,” देउवाको सचिवालले स्रोतले भन्यो, “तीन महिनाका लागि एग्रिमेन्ट गर्ने कुरा भएको छ । आजै साँझ सम्म एग्रिमेन्ट भयो भने भोलि वा बिहीबार त्यहाँ सर्ने अवस्था रहन्छ होला ।”
सचिवालय स्रोतका अनुसार बुधबार नै साइत भने हुनेछ ।