साफ वुमन च्याम्पियनसीप भोलि देखि दशरथ रंगशालामा शुरु हुँदै

काठमाण्डौं,असोज ३० गते । साफ वुमन च्याम्पियनसीप भोलि देखि दशरथ रंगशालामा शुरु हुँदै छ । नेपालले लगातार तेस्रो पटक साफ वुमन्स च्याम्पियनसिप आयोजना गर्दैछ । च्याम्पियनसिपको उद्घाटन खेल भोलि बिहीबार समूह ए मा रहेका भारत र पाकिस्तानबीच हुनेछ ।

समूह बी मा रहेको आयोजक नेपालले भने आफ्नो पहिलो खेल शुक्रबार भुटानसँग खेल्नेछ ।

प्रतियोगिताका लागि सबै टोली काठमाडौं आइसकेका छन् । प्रतियोगिताको अघिल्लो दिन आयोजित प्रि–म्याच कन्फेरेन्समा सहभागी ७ वटै टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए ।

नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको तयारीका लागि थोरै समय भएपनि टिम तयार रहेको बताए । ‘महिला लिगले गर्दा तयारीका लागि धेरै काम गर्न पाएनौं, तर हामी च्याम्पियनसिपका लागि तयार छौं’, प्रशिक्षक तामाङले भने, ‘यसअघि नेपालले डिफेन्समा गल्तीले गर्दा फाइनलमा हारेको थियो । यसपटक हामीले डिफेन्समा सुधार गरेका छौं ।’



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - archand13@gmail.com
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - newsniatratv@gmail.com

Us on social media

© 2017 Niatratv