अनेरास्ववियू द्धारा भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाण्डौं,बैशाख २७ । छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि नेपालमा विरोध सुरु भएको छ। शनिबार भारतीय हेपाहा प्रवृत्तिको विरोधमा भारतीय दुतावास लैनचौर घेराउ गर्न पुगेका युवालाई प्रहरीले पक्राउ गरेको छ।

लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ । पक्राउ परेका अनेरास्ववियूका केन्द्रीय सचिव सुदेश पराजुलीले भने, ‘भारतले नेपाली भूमि मिचेर सडक बनाएको विरोधमा सामाजिक दूरी कायम गरी शान्तिपूर्ण सांकेतिक विरोधको तयारी गरिरहेका थियौँ । प्रहरीले पक्राउ गरेर हामीलाई महेन्द्र पुलिस क्लबमा ल्यायो ।’

पक्राउ पर्नेमा अनेरास्ववियूका केन्द्रीय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशाक थापा, मेघनाथ चापागाई, उत्तर थापा, हर्क बम, विज्ञान दाहाल, सुजन श्रेष्ठ, कैलाश घिमिरेसहित रहेका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - archand13@gmail.com
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - newsniatratv@gmail.com

Us on social media

© 2017 Niatratv