६१ वर्षीय बलिउड अभिनेता सञ्जय दत्तले जिते क्यान्सर
काठमाण्डौं,असोज ४ । बलिवुड अभिनेता संजय दत्तले क्यमन्सरलाई परास्त पारेका छन् । फोक्सोमा एक प्रकारको क्यान्सरको उपचार गराइरहेका अभिनेता संजय दत्तको उपचार अहिले ठिक तरिकाले भएको र छिट्टै ठिक हुने बताइएको छ ।
संजयलाई क्यान्सर भएको थाहा पाएपछि उनलाई उपचारको लागि अमेरिका लैजाने भनिएको भएपनि अहिले मुम्बईमा कोकिला बेन अस्पतालमा नै उपचार गराई रहेका छन् । भारतीय मिडियाहरुले भने संजय दत्त क्यान्सरबाट मुक्त भइसकेको दाबी गरिएको छ । दत्त निकटहरुलाई उदृत गर्दै भारतीय मिडियाहरुले दत्त क्यान्सर मुक्त भएको बताइएको छ ।
केहि दिन अघ सञ्जय दत्तले एक भिडियोमा पहिलो पटक आफ्नो रोगबारे कुरा गरेका थिए । सेलिब्रिटी हेयर स्टाइलिस्ट अलिम हाकिमले आफ्नो सोसल मिडिया पेजमा सञ्जय दत्तको भिडियो सेयर गरेका थिए । यसमा सञ्जय दत्तले अलिमलाई सबैसामू परिचय दिएका थिए र त्यसपछि आफ्नो निधारमा आएको दागमा भनेका थिए, ‘यदि तपाईंले यो देख्नु भएको छ भने यो मेरो जीवनको हालैको निशान हो, तर यसलाई म छिट्टै हराउनेछु । म क्यान्सरबाट चाँडै नै मुक्त पाउनेछु ।’
‘क्यान्सर सेल्समा अन्य सेल्सको तुलनामा मेटाबोलिक रेट धेरै हुन्छ । केमिकल एक्टिभिटीको यो हाई लेभलका कारण क्यान्सर सेल्स पीईटी स्क्यानमा चम्किलो धब्बाको रुपमा देखिन्छ । यसैकारण पीईटी स्क्यानले क्यान्सरको पत्ता लगाउन सहयोग त गर्छ नै साथै यसले शरीरमा क्यान्सर कति फैलिसकेको छ भनेर पनि पत्ता लगाउन सकिन्छ ।’