नेकपा पाउन प्रचन्ड र केपीको कसरत यस्तो थियो ऋषी कट्टेलको खुलासा ( भिडियो सहित )

काठमाण्डौं,फागुन २६ । सर्वोच्च अदालतले नेकपा अध्यक्ष ऋषि कट्टेललाई दिए पछि अहिले केन्द्रिय राजनीतिकमा तरंग आएको छ । दुई पार्टी मिलेर नेकपामा आएका प्रचण्ड ओली आफ्नो पुरानो घरमै फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली लगायत एमालेका नेताहरु एकातिर भएका छन् भने पुष्पकमल दाहाल प्रचण्डका नेताहरु पुरानै पार्टी माओवादी केन्द्रमा पुगेका छन् ।

नेकपा नाम ऋषि कट्टेलले पाउने फैसला सर्वोच्चले गरिदिएपछि प्रचण्ड समूहले आफूलाई मुद्दा फिर्ता गर्न आग्रह गरेको बताएका छन् । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्डले आफू बिस्कुनमा पर्ने भन्दै मु द्दा फिर्ता गर्न आग्रह गरेको बताएका हुन् ।

प्रचण्डको तर्फबाट देव गुरुङ सँग आधा घण्टा भेटवार्ता भएको र गुरुङ्ले आफूलाई उक्त आग्रह गरेको कट्टेलले बताए । मंगलबार राजधानीको एक कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष ऋषि कट्टेल ।

कोरोना काल अगाडी नै फैसला हुनुपर्ने मुद्दा सुनुवाइ गर्न ढिलो भएको उनले बताए । प्रधानमन्त्री केपी ओलीले आफूलाई फाइदा हुने भएपछि अदालतको फैसला मान्छु भनेको उनको बुझाई छ। नेकपाको नाममा रहेका १७ जना संसदहरुले आफूलाई फोन गरेको उनले स्पष्ट पारे ।

एमाले र माओवादी केन्द्रको एकता पछि नेकपा भनेर निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि ऋषि कट्टेल त्यस विरुद्ध सर्वोच्च अदालत गएका थिए । ऋषि कट्टेलले झण्डै आठ वर्षअघि अन्य कम्युनिष्ट नेताहरू लोक नारायण सुवेदी, जगत बोगटी, शरण बिक्रम मल्ल, रामबहादुर भण्डारी र भीम सेढाईंसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी दर्ता गर्नुअघि ऋषि कट्टेल अहिले सीपी मैनालीले नेतृत्व गरिरहेको नेकपा (माले) का नेता थिए । यस अघि उनी एमालेकै सकृय कार्यकर्ता थिए । उनी मदन आश्रित निधन हुनु अघिल्लो दिन सम्म पनि उनीहरुकै साथमा थिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv