पार्टी प्रवेश नगरे जागिरबाट निकाल्ने धम्की दिएको भन्दै शिक्षकले मागे सुरक्षा

रुकुम,भदौ १४ । चौरजहारी नगरपालिका वडा न १३ स्थित श्री सरस्वती माध्यामिक विद्यालय घरेलीचौर स्थाई शिक्षक मोहन मल्ललाई माओवादी पार्टीका एक नेताले धम्की दिएको भनी शान्ती सुरक्षाका लागि अपिल गर्नु भएको छ । मल्लका अनुसार उनलाई जबर्जस्ती एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्यता समात्न लगाई फोटो खिची सामाजिक संजालमा राखी चरित्र हत्या गर्ने खोजेको आरोप लगाउनु भएको छ ।

“म राजनीतिक भन्दा पनि शिक्षण पेशामा बढी प्राथामिकतामा दिने हुनाले मलाई नेकपा माओबादिका पार्टिका नेताले जागिरबाट बरखास्त गर्ने जस्ता धम्कि दिई यसको घोर बिरोध गर्दै म कुनै पनि पार्टीमा प्रबेश नगरेको र म पहिले कै नेपाल राष्ट्रिय शिक्षक संगठनमा रहेको जानकारी गराउन चाहन्छु । मलाई मेरो ज्यानको असुरक्षित महसुस भएको हुँदा सुरक्षा व्यवस्था मिलाइन पनि अनुरोध गर्न चाहन्छु ।” भन्नु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv