बाक्लो हुस्सुका कारण जहाज आकाश मै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित
काठमाण्डौ,पौष १६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सुका कारण अवतरण हुन नसकेपछि कुवेत, दुवै, र दोहाबाट आएका आठ वटा जहाज आकाश मै घुमिरहेका छन् ।
कुवेतबाट आएको जजिरा एयरलाइन्स र दोहाबाट आएको हिमालय एयरलाइन्स र वायू सेवा निगमनको जहाज सिमरामाथिको आकाशमा घुमिरहेका हुन् । जजिराको जहाजले आकाशमा २० पटक भन्दा धेरै फन्को लगाइसकेका छन् । हुस्सु नहटेसम्म जहाज अवतरण हुन नसक्ने विमानस्थल कार्यालयले जनाएको छ ।
बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहानैदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।
हुस्सु हटेलगत्तै विमानस्थलबाट उडान र अवतरण नियमित हुने विमानस्थलले जनाएको छ ।