सरकारले तोक्यो निर्वाचनको मिति, वैशाख ३० गते स्थानिय तहको निर्वाचन गर्ने निर्णय

काठमाडौ । सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । निर्वाचन आयोगले दिएको सुझाव अनुसार सरकारले ०७९ वैशाख ३० गते गर्ने स्थानिय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले देशभर एकैचरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। यस अघि निर्वाचन आयोगले आगामी ५ जेठमा ७५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले वैशाख अन्तिम वा जेठ पहिलो साता निर्वाचन गर्नुपर्ने सरकारलाई सिफारिस गरेको थियो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका छन्।

उनले निर्वाचन आयोगको सिफारिस अनुसार नै वैशाख ३० गते एकै चरणमा निर्वाचनमा जाने निर्णय सरकारले लिएको बताएका छन्। मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छु, उनले भने, ‘निर्वाचन आयोगले यसअघि जेठ ४ गतेको मिति दिएको थियो। तर आयोगसँग फेरि परामर्श गरेर यो मिति तय गरिएको हो। मन्त्री कार्कीले वैशाख ३० गते निर्वाचन गर्दा कानुनले कुनै अवरोध नगर्ने पनि जानकारी गराएका छन्।

ुजेठ ४ गतेभित्र निर्वाचन गर्दा कुनै कानुनी अवरोध नहुने आयोगले नै भनिसकेको छु, उनले भने, ‘त्यसैले अब कानुन संशोधनको बाटोमा जानुपर्दैन। वैशाख ३० वा जेठ ४ गते निर्वाचन गर्दा कानुनमा खासै परिवर्तन गर्नुनपर्ने भएकाले यो निर्णय लिएका हौँ।’



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv