एमसीसीको हाउगुजिले प्रवेश पाउला त प्रतिनिधिसभाको बैठकमा ? – रतन चन्द
काठमाण्डौं,फागुन ८ । नेपाललाई एमसीसी अनुमोदन गर्न अमेरिकाले फागुन १६ गते सम्मको समय दिएको छ । तत्पस्चात यस बिषयमा के गर्ने भन्ने अमेरिकाले टुङो लगाउला त्यो तपशिलको कुरो भयो । तर आज आईतवार प्रतिनिधिसभाको बैठकमा सो बिषयले प्रवेश पाउने या नपाउने भन्ने अझै अन्यौल छ ।
अमेरिकि अनुदान सम्झौता टेबल गर्ने या नगर्ने भन्ने बारे सत्ता साझेदार दल अझै अल्झिएका छन ।
त्यस्तै यतिखेर जनमत एमसीसीको बिपक्षमा उभिएको छ । एमसीसीका बिरुद्धमा सडक प्रदर्शन मात्र होइन उग्ररुपमा आन्दोलित भई रहेका छन ।
यस्तो अवस्थामा सरकारकाको नेत्रुत्व गरिरहेको नेपाली कांग्रेसलाई सदनमा टेबुल गर्न पनि सकस भई रहेको छ ।
सोही एमसीसीका बिषयमा अमेरिकन एम्बेसीले पनि एक बिज्ञप्ती निकाल्दै भनेको छ -यो वर्ष नेपाल र अमेरिका बिचको सम्बन्धको ७५औ वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन् । यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौं र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौं । नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो ।
५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबिचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ । यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ। भनेर भनीएको छ ।
सत्ताधारी गठबन्धनका एक पक्षको मत संसोदन गरी एमसीसीलाई पास गर्नुपर्छ भन्ने छ भने एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बरीष्ठ नेता झलनाथ खनाल बिच पनि मतभेद रहेको छ । एमसीसीको बिरुद्धमा देखिएको जनलहरका कारण कसैले पनि जनमतको बिरुद्ध अगाडी बढ्न चाहेका छैनन् । तस्बिर फोटो पत्रकार रतन चन्द ले खिचेका हुन् ।