रुसी विमानलाई जर्मन हवाई क्षेत्रबाट प्रतिबन्ध
काठमाण्डौ,फागुन १५ । जर्मन यातायात मन्त्री भोल्कर विसिङका अनुसार जर्मनीले रुसी विमानलाई देशको हवाई क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ । शनिबार सिएनएनलाई मन्त्रालयका प्रवक्ता जानकारी दिदै भने प्रतिबन्धको तयारी भइरहेको छ, लुफ्थान्साले पनि युक्रेनमा युद्धका कारण तुरुन्तै रुसी हवाई क्षेत्रलाई त्याग्ने छ ।
यसका साथै लुफ्थान्साले अब रसियाली गन्तव्यहरूमा सेवाहरू सञ्चालन नगर्ने बताएको छ ।
रुस जाने र आउने सबै उडान शनिबारदेखि आगामी सात दिनका लागि स्थगित गरिएको छ । रूसी आकाशमार्गमा रहेका उडानहरूले यसलाई छोटो समयमा छोड्नेछन्।
“हाम्रा यात्रु र चालक दलको सुरक्षा कुनै पनि समयमा हाम्रो लागि सबैभन्दा प्राथमिकता हो,” लुफ्थान्साले सिएनएनलाई पठाएको समाचार विज्ञप्तिमा भनेको छ ।