एमसीसी अनुमोदन गर्नका लागि प्रतिनिधि सभाको बैठक बस्दै

काठमाण्डौ,फागुन १५ । प्रतिनिधिसभा (संसद) को बैठक आज बस्दैछ । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट संसदमा पेस भए यता पटक-पटक सारिएको छ ।

गत फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा पेस गरिएको थियो । बैठक १२ गते सम्मका लागि स्थगित गरिएको थियो तर सत्तामा रहेका दलहरु बिच सो बिषयमा मतभेद हुँदा अन्तिम समयमा १३ गतेका लागि सारीयो । तर उक्त दिन पनि बैठक बस्न सकेन र आज सम्मका लागि सारिएको हो ।
बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै अन्य राजनीतिक दलहरुले पनि आन्दोलन जारी राखेका छन् । नेपाल मजदुर किसान पार्टी, नेकपा माओवादी (बिप्लब ),नेकपा माले लगायत ६ राजनीतिक दलहरुले बिभिन्न स्थानबाट आन्दोलन गर्ने जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv