नेपाली कांग्रेस लुम्बिनी प्रदेश सांस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति” को संयोजकमा सुबास केसी चयन
काठमाण्डौं,बैशाख १० । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सांस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति” को संयोजकमा सुबास केसी चयन गरेको छ । पछिल्लो समय स्थानिय चुनाबी माहोलको चर्चा परिचर्चा रहेको छ । गत चैत्र २८ गते बसेको बैठकले केसी लाई चयन गरे को हो ।
नेेपाली कांग्रेस, स्थानिय तह निर्वाचन लुम्बिनी प्रदेश प्रचार-प्रसार समितिको मिती २०७९ चैत्र २८ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक प्रचण्ड विक्रम न्यौपानेले नेपाली कांग्रेस प्रदेश सदस्य सुवास केसीको संयोजकत्वमा सांस्कृतीक संघका केन्द्रीय महामन्त्री दुर्गा रायमाझी सल्लाहकार रहनेगरी “नेपाली कांग्रेस लुम्बिनी प्रदेश सांस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति” गठन गरेका छन् ।