अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पा लामा बने शेर्पा समुदाय कै पहिलो वकिल

अमेरिका , जेठ ७ । अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पा लामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल बनेका छन् । शेर्पा जाती हिमाल चढ्ने ,हिम चुचुरोमा खेल्ने ,हिम शिखर मै रमाउने र सयौ कीर्तिमान कायम गरि रहने आतिला ,जोशिला र बहादुर मानिने शेर्पा समुदायकै प्रतिनिधित्व गर्दै अमेरिका जस्तो राष्ट्रमा अधिवक्ता बन्न सफल भएका छन् ।

साङ्गे शेर्पालामाले उत्कृष्ट जिपीए हासिल गर्दै लेखा संकाय(एकाउन्टीङ्ग) समेतमा उतिर्ण हुदै अमेरिकी अधिवक्ता बनि शेर्पा समुदाय तथा मातापिताकै नाम ,ईज्जत र प्रतिष्ठा उच्च बनाउन सफल भएका छन । अमेरिकामा रहेका नेपाली मूलक शेर्पा समुदायको ईतिहास उनि सम्भवत प्रथम अधिवक्ता हुन् ।

अमेरिकामा अहिले सम्म नेपालीमूलका शेर्पा जातिमा कोही पनि वकिल भएको समाचारहरु आएका छैनन । उनले मे २० ,२०२२ का दिन रजर विलियम युनिभर्सिटी (बिश्वबिद्यालय)बाट कानुन उपाधिमा स्नातक गरेका छन् ।

शेर्पालामाले अमेरिकाको रोड आइल्याण्डको एक निजी विश्वविद्यालय रोजर विलियम्स विश्वविद्यालय ब्रिस्टलबाट स्नातक गरेका हुन् भने यो बिश्व बिद्यालय १९५६ मा स्थापित भएको हो ।

अधिवक्ता हुन साथ आगामी अगस्त महिना देखि आफ्नो पहिलो जागिर न्यूयोर्क शहरमा सहायक जिल्ला अधिवक्ता(एडिए-एसिस्टेन्ट डिस्ट्रिक एटोर्नी ) पदमा काम थाल्ने भएका छन् ।

साङ्गे शेर्पालामा सामाजिक अभियन्ता बुवा छेवांग शेर्पालामा र आमा आंग फूर्बा शेर्पालामाका कान्छा सुपुत्र हुन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv