प्रचण्ड भारतीय जनता पार्टीको मुख्यालयमा
दिल्ली,साउन १ । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गरेका छन्। नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा सो पार्टीका अध्यक्ष जेपी नड्डाले स्वागत गरेका छन्। भेटमा भारतका विदेशमन्त्री एस जयशंकर, भाजपाका नेताहरु र प्रचण्डपुत्री गंगा दाहालका साथै स्वकीय सचिव रमेश मल्ल पनि सहभागी थिए।
पूर्वप्रधानमन्त्री प्रचण्ड नड्डाकै निमन्त्रणामा शुक्रबारदेखि भारत भ्रमणमा छन्।