गैरीटोल महिला समुहले मनायो तीजको दर खाने कार्यक्रम (फोटोफिचर)
काठमाण्डौं,भदौ ९ । गैरीटोल महिला समुहको तीज बिशेष दर खाने कार्यक्रम मनाएको छ । बुधवार बसुन्धराको दियालो पार्टी प्यालेसमा दर खाने कार्यक्रमको आयोजना गरी मनाएको हो ।
गैरीटोल महिला समुह बसुन्धारा ले तीजको पुर्व सन्ध्यामा दर खाने कार्यक्रम राखेको र समुहमा रहेका महिलाहरुलाई दर खुवाएर मनाएको हो । उक्त कार्यक्रममा समुहकी अध्यक्ष भिबा कोइरालाले महिलाहरुलाई स्वागत गर्नु भएको थियो भने त्यस्तै कार्यसमितिका अन्य पदाधिकारीहरुले चेलीबेटीहरुलाई सम्मान गरि तीज गीतमा नाचगान गरेका थिए । हेर्नुहोस् तस्बिर :-