धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम हुने
काठमाडौं,भदौ २४ ।“श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्” भन्ने मुलनारा सहित धौलागिरी सास्कृतिक समितिको आयोजनामा यहि भदौ २५ गते राधानीमा “धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” सम्पन्न हुने भएको छ ।
सो कार्यक्रम काठमाडौंको नयाँ बसपार्क स्थित बीजी ब्यांक्वेटमा यही भदौ २५ गते दिनको १२ः१५ बजे सुरु हुने बुरा आयोजक पक्षले जानकारी गराएको छ । सो कार्यक्रममा विशिष्ट ब्यक्ति लगायत गीत संगीत र हरेक क्षेत्रमा योगदान पुराएका धौलागिरीबासीहरुको सहभागिता रहने छ ।
“कार्यक्रम धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” मा विभिन्न बिधामा योगदान पुराउने ब्यक्तित्वहरूलाई सम्मान समेत गरिनेछ भने धौलागिरीका मौलिक संस्कृती पनी प्रस्तुत हुने खबर प्राप्त भएको छ ।
बागलुङको नचरी, म्याग्दीको यानिमाया, पर्बत पाङको शिव पार्बती भजन र मुस्ताङको काली नाच सँगै थालीनाच, सालैजो, नौमती बाजा आदी सो कार्यक्रममका मुख्य आकर्षण हुन् । कार्यक्रममा गीत संगीतको माध्यमबाट धौलागिरीलाई देश तथा बिदेशभर चिनाउन सफल कलाकार बिमलराज क्षेत्री, बिष्णु खत्री, कुलेन्द्र बिश्वकर्मा, प्रकाश सपूत, देवी घर्ती, जुना शिरीष मगर, श्रीकृष्ण बम मल्ल लगायतका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने छ ।
“धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” मा धौलागिरी राष्ट्रिय सम्मान, धौलागिरी युवा सम्मान, धौलागिरी साधाना सम्मान, धौलागिरी बिशेष सम्मान, धौलागिरी साहित्य सम्मान, धौलागिरी खेलकुद सम्मान, धौलागिरी पत्रकारिता सम्मान, धौलागिरी सामाजिक सम्मान लगायत अन्य बिधामा नगद राशी सहित सम्मान गरिने र सम्मानित हुने ब्यक्तिहको नाम गोप्य राखिएको कुरा अध्यक्ष कृष्ण समिप सुबेदीले बताए ।