नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको लागि समानुपातिक उमेद्दवारको मापडण्द तोक्यो के होला त कार्यान्वयन

काठमाण्डौं,भदौ २९ । नेपाली काँग्रेसको आज बसेको केन्द्रिय समितीको बैठकले प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिक लागि नयाँ मापडण्द तोकेको छ । नेपाली कांग्रेसले यसअघि अवसर पाइसकेकालाई पुनः समानुपातिकको बन्दसूचीमा नराख्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार छनोटको ४ वटा मापदण्ड तय गरेको छ । जसको दोस्रो बुँदामा भनिएको छ, ‘२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन पाउने छैन ।’

यसअघि प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रदेश सभामा र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रतिनिधि सभामा समेत समानुपातिकतर्फबाट उम्मेदवार हुन नपाउने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पोडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसको यो मापदण्ड अनुसार अब समानुपातिकका सांसदहरु दोहोरिन पाउने छैनन् । तर समानुपातिक सांसदहरुले प्रत्यक्ष निर्वाचन भने लड्न पाउनेछन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको सदस्यमा समानुपातिकतर्फ उम्मेदवार हुन पाउने छैनन् ।

पार्टीको विभिन्न तहबाट भएको सिफारिस, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान र पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधार हेरेर समानुपातिक उम्मेदवार चयन गर्ने कांग्रेसले बताएको छ ।

कांग्रेसले उम्मेदवार छनोट गर्दा संविधान र कानुनले निर्दिष्ट गरेको जातीय, लैंगिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गर्ने मापदण्ड बनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv