एमाले नछाड्ने भीम रावलको घोषणा, योग्य उम्मेदवारलाई जिताउन लागि पर्ने
काठमाण्डौं,असोज २७ । एमाले नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता रावलले आज पत्रकार सम्मेलन गर्दै पार्टी नछोड्ने घोषणा गरेका हुन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने उनले घोषणा गरे । आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको बताएका उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।
उनले उनले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए ।