उपेन्द्रको सिंहासनमा राउत को जित के होला मधेसका मुद्दा ?

सप्तरी,मङ्सिर ९ । सप्तरीमा जनमत पार्टीका सिके राउत बिजयी भएका छन । राउत ले ३५,०४२ मत ल्यएर बिजयी भएका हुन । उनका प्रतिवन्दी जसपा का उपेन्द्र यादवले १६९७९ मत ल्याएर दोस्रो बने । त्यस्तै लोसपाका जयप्रकास ठाकुर ७३४७ मत प्राप्त गरेका छन ।
सप्तरी–२ मा अघिल्लोपटक संघीय समाजवादी फोरमबाट उपेन्द्र यादवले २१ हजार ६२० मत ल्याएर निर्वाचित भएका थिए । संविधान निर्माणका क्रममा मधेशको असन्तुष्टी बोक्ने प्रतिनिधिका रुपमा उनको ‘हाइहाइ’ थियो । तर यो अवधिमा उनले निकै उतारचढाव बेहोरे, अनेक पार्टी जोडे, फुटाए । उनीप्रति आशा गरेको मत नयाँ अनुहारतिर फर्केको देखिन्छ ।

अहिले उनले ल्याएको मतभन्दा करिव १४ हजार मत ल्याएर मधेशका किसानको मुद्दा उठाउने जनमत पार्टीका सीके राउत निर्वाचित भए । राउतले उठाएका कतिपय मागलाई मधेशका जनताले अपनत्व बोध गरेको बुझ्न सकिन्छ । यादवले अहिले करिव १७ हजार मतमात्रै पाए । यादवको पराजय र राउतको अनुमोदनलाई कतिपयले मधेशमा नयाँ शक्तिको उदयको रुपमा लिएका छन् ।
राउत ले जितेपछी जनताको घरदैलोमा र खेतबारीमा पुगेर धन्यवाद दिँदै हिंडेका छन । सप्तरीवासीले देखाएको माया अपार छ र यसको प्रभाव दूरगामी छ भन्दै सबैलाई धन्यवाद दिएका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv