सिन्धुपाल्चोक २ मा मोहन बस्नेत निर्वाचित
काठमाण्डौं,मङ्सिर ११ । आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराउदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
आफ्नो क्षेत्र छाडेर २ मा गएका बस्नेतले एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ लाई ११ हजार ८७४ को फराकिलो मतान्तर सहित बस्नेत निर्वाचित भएका हुन् । बस्नेतले ३९ हजार ३२७ मत ल्याउँदा एमाले उम्मेदवार तामाङले २७ हजार ४९३ मात्रै मत ल्याएका थिए ।
मंसिर ४ को निर्वाचन अगाडि नै सिन्धुपाल्चोकमा गठबन्धनका नेताहरु बीच कुन क्षेत्र लिने भन्नेमा विवाद थियो । क्षेत्र छाड्नु परे विद्रोह गर्ने धम्की दिएका बस्नेत अन्तत क्षेत्र परिवर्तन गरेर पनि फराकिलो मतान्तर सहित विजयी भएका छन् । बहुदलीय व्यवस्थ पछि भएको निर्वाचन यता पहिलो पटक सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसले जित निकालेको छ ।