नेताहरू राजधानी केन्द्रित , पुर्ण बहादुर भने गाउँ दौडाहामा 

काठमाण्डौं,मङ्सिर १४ । निर्वाचनको परिणाम पुर्ण रूपमा नआउदै शिर्ष नेताहरू काठमाडौं पुगिसकेका छन् । काठमाडौं पुगेर सत्ताको खेलमा छुट्ने डरले नेताहरू आफ्नो पक्षमा माहोल बनाउन निकै दौडधुप गरिरहेका छन् ।
नेपाली काङ्ग्रेसका उपसभापति भने गृह जिल्लामा ब्यस्त छन् । ऊनी गाउँ -गाउँ पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् । प्रायः सबै पार्टीका शिर्ष नेताहरू काठमाडौं पुगेपनी आखिर  पुर्ण बहादुर सुर्खेतमा किन
 बसिरहेका छन् ? भन्ने प्रश्न बनेको छ ।
यसपटकको निर्वाचनमा प्रत्येक टोल र गाउँ पुगेर स्थानीय सङ पुर्ण बहादुर खड्काले आफ्ना कुरा सुनाउने मात्र होईन स्थानीयमा पनि कुरा सुनेका थिए । उनले २०७४ सालमा चुनाव हार्नुको कारण पनि जनता सङ गहिरो ढङ्गले सम्बन्ध गास्न नसकेको कारण थियो भन्ने स्वीकार गरिसकेका छन् ।
२०४८ सालयता सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ लाई आफ्नो निर्वाचन क्षेत्र बनाउदै आएका छन् । नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्का  २०४८ यता २०७४ सालबाहेक सबै संसदीय चुनाव जित्ने सीमित नेतामध्येमा पर्छन् । ऊनी २०६४ सालमा समानुपातिक उम्मेदवार थिए भने २०७४ सालमा एमालेका ध्रुव कुमार शाही सङ झण्डै ३ हजार बढी मतान्तरले प्राजित भएका थिए । यसपटक भने खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दा प्रतिस्पर्धी शाहीले ३० हजार ९८८ मत प्राप्त गरे । जुन निकटतम प्रतिस्पर्धीभन्दा ११ हजार ६१९ मतान्तरले बढी हो ।
सन्त नेता कृष्ण प्रसाद भट्टराईका अनुयायीको रूपमा खड्का चिनिन्छन । कयौंपटक मन्त्री भएका खड्का कहिँकतै राज्यकोष दुरुपयोग गरेको आरोप नलाग्ने बिरलै नेतामा पर्छन् । ऊनी काङ्ग्रेसमा सादगी र सदाचारयुक्त नेताको रूपमा परिचीत छन् ।
पुर्ण बहादुर खड्का सुर्खेतका विभिन्न गाउँ बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिन ब्यस्त छन् । ऊनी लोकतान्त्रिक मुल्य मान्यतालाई अझै उन्नत बनाउनुपर्छ , जनता सङ नजिकिँदै जाने कुराले लोकतान्त्रीकरणको अभियान तीब्र हुने मान्यता राख्छन् ।
खड्का निर्वाचन अभियानमा जनताको घरमा बास बस्ने, सामान्य भोजन गर्ने देखि  युवाहरू सङ जोडिन टिकटकमा समेत अभिनय गर्दै मन जित्न सफल भए ।
संस्थागत निर्णय भन्दा बाहिर गएर राजनैतिक लाभ कहिल्यै लिन रुचि देखाउँदैनन । पार्टीमा सभापतिको नीति र नेतृत्वलाई स्थापित गर्न प्रमुख भुमिका निर्वाह गर्दै आएका खड्काले मन्त्री नहुने घोषणा गरिसकेका छन् । पार्टी भित्र दोस्रो तहको नेतालाई प्रधानमन्त्री बनाउने दबाब बढिरहेको छ जसले उपसभापति खड्कालाई प्रधानमन्त्री बन्न बाटो खुल्नसक्छ ।
उहाँमा धेरै रुपान्तरण आएको सुर्खेती जनताले महसुस गरेका छन् ,जनता माझ शासक होईन मिलनसार र सादगी नेताको रूपमा प्रस्तुत हुनुहुन्छ । नेपाली राजनीतिलाई आन्तरिक तथा बाहिरी दुबै तवरले  सन्तुलन मिलाउन सक्ने सदाचारयुक्त नेता खड्काको पक्षमा भोट माग्यौ, हाल्यौ र हाल्न लगायौ , अब उहाँले कस्तो व्यबहार र राजनैतिक कदम लिनुहुन्छ  त्यसैले प्रधानमन्त्रीको बाटो तय गर्नेछ  बनाउनेछ  । युवा नेता किरणले थप्दै भने “ पुर्ण बहादुर प्रधानमन्त्री हुँदा सबैभन्दा खुसी हुने बताएका छन् ।´´



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv