सत्ता साझेदार दलको बैठक बालुवाटारमा ओली लिंग्देन र लामिछाने सहभागी
काठमाण्डौं,पुष १४ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। बिहीबार बिहान सत्ता गठबन्धनको बैठक बसेको हो। बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन्।
प्रचण्ड ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक अहिलेको सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेको हो। यसअघि सत्ता गठबन्धनको बैठक पुस ११ मा नयाँ बानेश्वरमा बसेको थियो।