प्रचण्ड क्याबिनेटमा १५ नयाँ अनुहार सँगै पायो पुर्णता

काठ्माण्डौ, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका मन्त्रीहरूलाई समेटेर दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । एमालेबाट परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी र हरि उप्रेती रक्षामन्त्री बनेका छन् । यसैगरी, यसअघि नै मन्त्री नियुक्त भएकी ज्वालाकुमारी साहलाई कृषि र राजेन्द्र राईलाई भूमि व्यवस्था सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।यस्तै, माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । यसैगरी, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बनेकी छिन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री र डिपी अर्याल श्रममन्त्री बनेका छन् । डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv