भारतसँग लचिलो हुँदै मिडिया माथि खनिए रबी ( भिडियो सहित )
काठमाण्डौं,माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश मिडियाले नभएर नेताले चलाउने भन्दै काठमाडौंमा सञ्चालित प्रमुख मिडियाप्रति आक्रोश पोखेका छन् । उनले कतिपय मिडियाको नाम नै किटान गरेर नानाभाँती आरोप लगाएका छन् ।
लामिछानेले पत्रकार सम्मेलनको सुरुमै आफू ‘मिडिया इथिक्स’ र ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’बारे बोल्ने भन्दै मिडियामाथि आरोप लगाएका थिए ।
आइतबार सरकारबाट बाहिरिने निर्णय गर्दै उनले आफूप्रति मिडियाहरू प्रायोजित रूपमा लागेको आरोप लगाए । ‘देश नेताले चलाउने हो मिडियाले हैन,’ लामिछानेले भने ।