साहित्यकार महेन्द्र उपाध्यायको “मिन्झारी” पुस्तक बिमोचन

काठमाण्डौं,माघ २८ । आख्यानकार महेन्द्र उपाध्याय द्धारा लिखित “मिन्झारी” उपन्यास पुस्तक बिमोचन भएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमको आयोजना गरी बिमोचन भएको हो । पुर्व सांसद शान्ता चौधरी र साहित्यकार नयनराज पाण्डेले संयुक्त रुपमा पुस्तक बिमोचन गर्नु भयो ।

प्रमुख अतिथी पाण्डेले पुस्तकका लेखकनकलामा नव प्रवेश भए पनि कथाको मुद्धा अतिनै सान्दर्भिक र उच्चकोटिको रहेको बताउनु भयो । त्यस्तै अतिथी बक्ता पुर्व सांसद शान्ता चौधरीले आफ्नो जीवनमा घटेका कमलरीका ब्यथाहरुलाई पुस्तकमा ऐना जस्तै देखाउने प्रत्यन्त गर्नु पठनिय रहेको बताउनु भयो । त्यस्तै लेखक महेन्द्र उपाध्यायले पुस्तकलाई जीवन्त दिने प्रयास गरेको र टिकापुरको घटनाबाट अभिप्रेरित भएर केही सुदुरपश्चिमका डेउडा गीतका पंक्ती सँग जोडीएका कुरा कोरेको बताउनु भयो । टिकापुरको घटनापछी पहाडीया र थारु जाति बिचको द्वन्द र बिभेदलाई चिर्ने कोशीस गरेको बताउनु भयो । कार्यक्रममा पब्लिकेशनका तर्फबाट ले स्वागत गर्नु भएको थियो ।
पुस्तकमा उपन्यासकारले थारु समुदायमा पहाडीयाहरुले स्थापित गरेको सम्बन्ध कती सम्म बिभेदित थियो भन्ने कुरा मालिकको आँखाबाट हेरिएको छ । मिन्झारी नाम थारु समुदायको देउता बस्ने स्थान हो जस्लाई बाघ देउता स्थान भनिने गरेको पाइन्छ । सोही बाघ देउता लाई गाइको दुध चढाउने गरिन्छ यही अनौठो कृयाक्लापलाई नै आधार बनाएर पुस्तक लेखिएको उपन्यासमा पढ्न सकिन्छ ।

कैलालीमा जन्मिएका महेन्द्र उपाध्याय पेसाले इन्जिनियर हुन गजल लेखनबाट साहित्य क्षेत्रमा प्रबेश गरेका उनी आख्यान बिधा मार्फत परिचित छन ।

पुस्तककलाई काबु क्रियशन ले बजारमा ल्याएको छ । पुस्तकको मुल्य ५७५ रुपैया रहेको छ ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv