हैसियत गुमाएका पुराना दल र युरो / इसाई मिसन :- अर्जुन ज्ञवाली (लेख )

अर्जुन ज्ञवाली (लेख ) वैशाख ११ । नेपाली राजनीतिमा सबैभन्दा पुरानो दल काङ्ग्रेस र १० बर्षको हिंसाको बिरासतमा आएको माओवादी( केन्द्र )ले एक्लै निर्वाचन लडने हैसियत गुमाइसकेका छन। साङगठनिक रूपमा नेकपा एमाले ब्यवस्थित देखिएपनि जनताको आकर्षण छैन। संघीयता र धर्मनिरपेक्षता जस्ता आयातित एजेन्डा विरुद्ध हामी र हाम्रो बिचार समुहले जनस्तरमा बाइबल र माओवाद ,बिपि बाइबल र काङ्ग्रेस पुस्तक र बिचार मार्फत जनस्तरमा स्थापित गरेको एजेन्डालाई दरबारिया पश्चिमा र आर एस एसको संयुक्त योजनामा धुमिल पार्ने प्रयत्न गरिएकोछ। सुरुमा माओवादी हिंसामा युरो /इसाई मिसनमा सामेल चर्चमण्डलिका अध्यक्ष के बि रोकाय लाई अगाडि लगाएका दरबारिया पश्चिमाहरुले राप्रपामा रबिन्द्र मिश्र लाई भित्र्याएर पास्टर बिना लामा लाई संघीय साम्सद बनाउदै भ्याटिकन प्रती देखाएको बफादारिता भद्दामजाक थियो ।

धर्म धारण गर्नेकुराहो मजाग गर्नेकुरा होईन। तर दरबारिया अतिबादी दक्षिणपन्थीहरुले यसलाई पश्चिमालाई केन्द्रमान्दै त्यहीँ केन्द्र वरिपरि एम्बुस थापेर उठेको जनमतलाई कुल्चने प्रयत्न गर्दै आइरहेकाछन। केबि रोकाय र कमल थापालाई हामी र हाम्रो बिचारसमुहले नाङ्गेझार बनाइसकेको अवस्थामा राजेन्द्र लिङदेनको उदय पास्टर बिना लामा र प्रचण्डको सरकारमा गएर अवशान भएकोछ । यस्तो अवस्थामा एजेन्डा बिहिन काङ्ग्रेस एमाले र माओवादी आराजकताबादबाट बितृस्णा भएको जनमतलाई दाताको सहयोगमा रबि लामिछानेको आवरणमा हिजो माओवादी हिंसालाई सहयोग गर्ने देशीविदेशी शक्तिकेन्द्र क्यास गर्न आइपुगे। काङ्ग्रेस, एमाले ,राप्रपा , कथित तराईमा उदय दलहरूले यसको प्रतिबाद गर्ने हैसियत गुमाइसकेकाछन। यो अवस्थामा एजेन्डा नभएपछी पपुलिजमले काम गर्दछ।

नयाँ दलहरूमा तृणमुल मार्फत भरत दाहालको नेतृत्वले बैचारिक रूपमा भूगोलमा लैजान नखोजेको होईन तर दाता र देशीविदेशी इन्डो/ पश्चिमा शक्तिको बोलवाला भएको समयमा बिशुद्दरूपमा अघि बढन सक्ने अवस्था थिएन। काङ्ग्रेस एमाले माओवादीको विकल्पमा दाताहरूले बाबुरामको नयाँ शक्ति र साझा बिबेकशिल लाई अगाडि बडाउन नखोजेका होइनन् तर त्यसमा नपाएको सफलता अहिले घण्टी चिन्ह भएको पार्टीबाट पाइरहेका छन।यहाँ सम्मकी एमाले बाहेक काङ्ग्रेस माओवादी माधब नेपाल उपेन्द्र गठबन्धन हुँदापनि उनीहरुलाई हम्मे हम्मे परिरहेकोछ। यो बिचारबिहिन राजनीतिको परिणामहो। अहिलेको पुस्ता ०३६,४६ र ०६२ को क्याम्पसमा ढुङगा हानेर मानिस मारेर आएको पुस्ता होईन ।

सूचना ,सञ्चार र खुल्ला समाजमा उनीहरुले पुराना दलहरूको ३३ बर्षको सासनको परिणाम हेरेकाछन त्यसैको बिद्रोह घण्टी पार्टी बन्नगयो।काङ्ग्रेसको कम्युनिस्ट र महेन्द्र बिरोधि स्कुलिङको बिसालु विचारमा हुर्किएको काङ्ग्रेस जनमत कम्युनिस्ट र राप्रपा दुबै बन्न नसकेकोले काङ्ग्रेसमा दबिएर रहन बाध्यथियो। कम्युनिस्ट र राप्रपा भन्दा बेग्लै स्वतन्त्र पार्टीको उदयले अब काङ्ग्रेसमा पेलिएर बस्नुपरेन । यसकारण अब काङ्ग्रेसको बिकल्पमा स्वतन्त्र पार्टी बैकल्पिक प्लेटफर्म बन्नगयो। इन्डो/ पश्चिमा मिसनको काङ्ग्रेस र स्वतन्त्र पार्टीमा नितिगत रूपमा खासै भिन्नता छैन। यो अवस्थामा आजको स्पिड कायम राख्न सक्योभने स्वतन्त्र पार्टीले काङ्ग्रेस लाई राम्रै धक्का दिने देखिन्छ ।

राप्रपाले पास्टर बिनालामा एमालेले युनिफिकेशन चर्चसङ्ग आबद्ध एकनाथ ढकाल लाई दायाँबायाँ राखेर हिडिरहेको अवस्थामा वैदिक सनातनिहरुले यी घेराभन्दा बाहिर रहेर बैचारिक हस्तक्षप बढाउनुनै बुद्धिमानी हुनेछ।काङ्ग्रेसले यदि धर्मनिरपेक्षता र औचित्यहिन संघीयताको एजेन्डा करेक्सन गरेनभने माओवादीत करिब करिब किनारा लागिसकेकोछ काङ्ग्रेस पनि किनारा लाग्नेछ। माओवादी कमजोर हुनु एमाले बलियो हुनु भएजस्तै स्वतन्त्रपार्टी बलियो हुदै जानु काङ्ग्रेस कमजोर हुनुहो। राजनीतिका चतुर खेलाडी एमाले अध्यक्ष केपी ओलि बैशाख १० को उप निर्वाचनमा चितवन र तनहुँका चुनावी सभामा उपस्तिथि नजनाएर काङ्ग्रेसलाई सन्देश दिइसकेका छन । यदि काङ्ग्रेसले धर्मनिरपेक्षता र संघीयताको एजेन्डा विरुद्ध एमालेलाई हिडाएर सहकार्य गरेनभने विघटन निश्चितछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv