उन्मुख महिला बचत तथा ऋण सहकारी संस्थाको १५औं साधारण सभा सम्पन्न
काठमाण्डौं,भदौ १६ । उन्मुख महिला बचत तथा ऋण सहकारी संस्थाको १५औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा संस्थाको अध्यक्ष मन्जु हमालले सभाको सभापतित्व गर्नु भएको थियो ।
संस्थाकी सदस्य रिता लामिछानेले संचालन गरेको कार्यक्रममा सिर्जना थापा ले सम्पूर्ण,सदस्यहरु,अतिथि लगायतका महानुभावहरूलाई स्वागत मन्तव्यले सम्वोधन गरेकी थिईन ।
प्रमुख अतिथी रानाले सहकारीहरु प्रतिको नकारात्मक टिप्पणी आई रहेको बेलामा पनि निकै राम्रो सँग संचालन गरेको थाहा पाउँदा सहकारीको प्रसंसा गर्नु भयो जस्तो सुकै बिषम परिस्थितीमा पनि महिलाहरुले आँटे धेरै काम गर्न सक्ने भन्दै संस्थाको प्रगतीको शुभकामना ब्यक्त गर्नु भयो ।
पहिलो शत्रमा अतिथिहरु क्रमश: नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दिपक निरौला,कामनापा ३ का वडा अध्यक्ष प्रेम थापा सदस्यहरु सर्मिला परीयार, सिता थापा लगायतले संस्थालाई शुभकामना ब्यक्त गर्नु भयो ।
संस्थाको अध्यक्ष मन्जु थापा हमालले पुरानो कार्यसमिती बिघटन गरि निर्वाचन मण्डललाई नयाँ कार्यसमितिको मनोनयनका लागि आवश्यक प्रकृया अघी बढाउन गरेको अनुरोध सँगै निर्वाचन मन्डलले निर्वाचन प्रकृया अघी बधाई मन्जु थापा हमाल को अध्यक्षतामा नयाँ कार्य समिती छायान गरेको छ । संस्थाको उपाध्यक्ष सुर्य कुमारी न्यौपाने, सचिव सिर्जना थापा,सह-सचिव अनिता तिमील्सिना,कोषाध्यक्ष सन्जु लामा,सदस्यहरु मन्जु खाती,फुलमाया आलेमगर,शोभा श्रेष्ठ,लीला शर्मा खतिवडा चयन भएका छन् ।
त्यस्तै लेखा तथा ऋण उपसमितीमा रिता लामिछने संयोजक,सानुमाया पुन र बिशेश्वरी पराजुली सदस्य चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष हमालले आफ्नो निरन्तर नेतृत्वको लागि संस्थाले आफूलाई गरेको विश्वास प्रति सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा आफूलाई पूर्ण समर्पित रही संस्थाको हितमा काम गर्ने प्रतिवद्धता जाहेर गर्दै सभाको विसर्जन गरिन । साधारण सभा सके लगत्तै महिलाहरुको महान पर्व हरितालिका तीज बिशेष कार्यक्रम पनि सम्पन्न भएको थियो ।