कृषि मन्त्रीको १०० दिन कस्तो रहयो ? यस्तो छ प्रगती बिवरण

काठमाण्डौं , १७ भदौ । कृषि तथा पशुपक्षीमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रको सबैभन्दा ठूलो सिँचाइ समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज आयोजना गरेको कार्यक्रममा उनले भने, “सबैभन्दा ठूलो समस्या भनेको आज पनि सिँचाइकै हो, अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा मात्रै पनि सिँचाइ हुन सकिरहेको छैन, ४८ प्रतिशत जमिन मात्रै सिँचाइ भएको छ, त्यो पनि बर्खापासमा मात्रै बाह्रैमास सिँचाइ भनेको १७/१८ प्रतिशतभन्दा छैन, जहाँ हामी खेती गर्छौं ।”

उनले सबैभन्दा पहिला सिँचाइको व्यवस्थापन गरेपछि मात्रै उन्नतशील बीउको विकास गर्ने, मलको अभाव पूरा गर्ने, यान्त्रिकीकरणमा जाने, बजारको व्यवस्थापन गर्ने र आधुनिकीकरणमा जान सकिनेमा जोड दिए । विशेषगरी युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षण गर्ने गरी नीतिहरू बनाउनुपर्ने उनको भनाई छ ।
यसै वर्ष चैते धान एक लाख हेक्टरमा लगाउने योजना सुनाउँदै मन्त्री भुसालले कृषि क्षेत्रको उत्पादनका निम्ति कुनै न कुनै किसिमको उत्पादनशील अभियानमा जानुपर्ने बताए ।

“कृषि क्षेत्र हाम्रो मुलुकको मेरुदण्ड हो भनेर हामीले भनिरहेका छौँ, निर्यातलाई वृद्धि गर्ने र आयातलाई प्रतिस्थापन गर्ने हो भने त्यो कृषिबाट नै सम्भव छ, कृषि उत्पादनमा वृद्धि गरेर मात्रै सम्भव छ, तर कृषि क्षेत्रमै धेरै समस्याहरू छन्,”– मन्त्री भुसालले भने ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv