महालक्ष्मी महायज्ञ महालक्ष्मी साधना मध्येको प्रथम महालक्ष्मी साधनामा प्रमाणित : श्री गंगा (लेख)

काठमाण्डौं,मङ्सिर २९ गते । “जहाँ ईच्छा त्यहाँ उपाय” भन्ने प्राचिन उखानको यथार्थ सत्यको प्रमाण सत्गुरुदेव श्री मदन बाबा ज्यू द्धारा मुल संकल्प गरिएको १६ वटा कोटीहोम महालक्ष्मी महायज्ञ महालक्ष्मी साधना मध्येको प्रथम महालक्ष्मी साधनामा प्रमाणित भएकोछ ।

९२ वर्ष भन्दा माथि पुगेका बृध्द जसले मंसिर महिनाको सिरटो चिसोमा पनि एका बिहानै नुहाएर एक भक्त भएर दिनभर ब्रत बसेर महालक्ष्मी महायज्ञ महालक्ष्मी साधना तथा सवा करोड दीप प्रज्वलनमा ६ दिनसम्म आफ्नै निवास स्थानबाट आउने र साँझ जाने गरेर पुर्ण गर्नुभएको छ ।

भगवान खोज्न जानु पर्दैन सत्कर्म गर भगवान तिमीलाई खोज्दै आउनुहुन्छ भनेको सत्य हो भन्ने यथार्थ बोध गराउँदै प्रत्यक्ष जीवित भगवानकोरुपमा प्रथम महालक्ष्मी महायज्ञ महालक्ष्मी साधनामा प्रत्यक्ष यी बृध्द बृध्दा बनेर भगवान धर्तीमा अवतरण भएको महसुस भएकोछ ।

हामी उमेर भएका, पैसा भएकाहरुलाई फुर्सद छैन्, आस्था विश्वास छैन , त्यसैले भागवात कृपा प्राप्त छैन । जति धन कमाए पनि लक्छिन छैन, मनमा शान्ति छैन । एकाग्र भएर ध्यान जप आरधना गरि शान्ति पाउने क्षण भर समय छैन । यस्ता मनभित्रका अशान्तिको अन्त्यका निम्ति सद्गुरुदेव श्री मदन बाबा ज्यूव्दारा संकल्प गरिएको महालक्ष्मी साधनाले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वासका साथ यस विशेष अनुष्ठानको आयोजना गरि सम्पन्न गरिएकोछ ।

यस अघि सद्गुरुदेव श्री मदन बाबा ज्यूले मुल संकल्प गर्नुभएको १६ शिव साधना गराईरहनु भएको थियो ।

प्रमात्माले ‘तिमी चिताउ म पुर्याउँछु” भन्नुहुन्छ भन्ने सत्यताको प्रमाणका रुपमा यी बृद्ध बृद्धाको ईच्छा शक्ति, आस्था विश्वासले कर्म पुर्ण भएको वास्तविक चरितार्थ नै सत्य भएकोछ । हामीले भित्री ईच्छा भएन भने फुर्सद छैन भनेर टार्ने प्रवृति भएकाले सत्यवचन विना गरिएको कर्म अपुर्ण रहन्छ ।

शुध्द मन, बचन र कर्मले माग म सदा तिम्रो साथमा हुनेछु, जहाँ तिमीले छल, कपट र कुविचार राखेर कर्म गर्छौ त्यस्तो कर्मले म दु:खी हुनेछु र म तिम्रो साथमा हुनेछैन भन्ने प्रमात्माको मार्ग निर्देशकलाई हृदयांगमन गरि कर्म गरे सदा लक्ष्य प्राप्ति हुनेमा पुर्ण विश्वाश यस प्रथम महालक्ष्मी महायज्ञ महालक्ष्मी साधनामा उपस्थित यी बृध्द बृध्दाको एक चित्त, एक भक्त आस्था विश्वासको ईच्छाशक्तिले चरितार्थ गरेकोछ । जुन कर्म पनि सत्य र शुध्दताले पुर्ण गरे अवश्य पनि गन्तव्यमा पुगिन्छ ।

लोभ, मोह, क्रोध, रिस राग त्याग गरि सत्मार्गको खोजि गरिरहेका अनुयायीहरुलाई एक्यवद्धता गराउन सद्गुरुदेव स्वयं संरक्षक भई संचालित श्री मदन बाबा भक्ति केन्द्र केन्द्रीय समिति काठमाण्डौको आयोजनामा सम्पन्न उक्त विशेष अनुष्ठानमा राष्ट्रका माननिय मन्त्री, सांसद, मेयर, उपमेयर, समाजसेवी, वरिष्ठ कलाकार, धार्मिक अनुयायी लगायतका अतिथिहरुले सम्बोधन गर्नुभएको  थियो ।

अनन्त परम्-उध्दारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी श्रद्धेय सद्गुरुदेव श्री मदन बाबा ज्यूको परम्-सानिध्यतामा मिति २०८१ मंसिर २१ गते देखि २६ गतेसम्म संचालित उक्त विशेष अनुष्ठानमा नेपालका विभिन्न जिल्लाबाट साधक साधिका, श्री मदन बाबा भक्ति केन्द्रका केन्द्र, प्रदेश, जिल्ला, नगर, उपत्यका, गाउँपालिका स्तरिय समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्य ज्युहरुको लगायतको सहभागितारहेको थियो भने अनुष्ठानमा उपस्थित अतिथि ज्युहरुले यस किसिमका अनुष्ठानको आयोजनाले समाजलाई सुसंस्कृत र अनुशासित बनाउदै सत्मार्गमा पथप्रदर्शक हुने बताउनुभएको पनि छ ।

भित्री ईच्छा शक्ति भए मंसिरको चिसो सिरेटोमा पनि ९२ वर्ष माथि उकालो लागेका बृद्ध बृध्दा ले त एक भक्त भई ६ दिनकै अनुष्ठान लाई पुर्ण गर्न सक्नुभयो भने उमेर भएका हामीले भक्ति गर्न ईच्छुक भएमा सबैले गर्न सक्ने यथार्थ सत्य हो । तन, मनको शुध्दताले गरिएको कर्म सदा सत्मार्ग निर्देश हुनेछ ।

भनिन्छ सत्यमार्ग कठिन छ तर यथार्थ सत्कर्म गर्ने, सत्विचार राख्नेलाई सत्मार्ग सरल र सहज हुनेछ । त्यसैले सदा सत्यलाई स्वीकार गरि आत्मा विश्वासका साथ कर्म गरौ अवश्य पनि लक्ष्यमा पुगिन्छ ॐ जय शम्भो, जय पिण्डेश्वर बाबा !! (लेखक: श्री गंगा)



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv