बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना
मुम्बई,बैशाख १८ । बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्यमा खराबी आएपछि बुधवार अस्पताल भर्ना गरिएको परिवारकै सदस्यले पुष्टि गरेका छन् । ऋषी कपुर केही समय यता क्या न्स रबाट पी डित छन् । उनलाई स्वास्थ्यमा स म स्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका दाजु एवं अभिनेता रनधीर कपुरले पुष्टि गरेका हुन्।
६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको हो। सन् २०१८ मा क्या न्स र देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनले उपचार गरेका थिए। उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्। हिँजो मात्र एक वलिउड नेताको निधन भएको छ । क्या न्स रवाट दुई वर्ष सम्म लडेका इरफान खानको वुधवार निधन भएको हो ।
भारतीय चलचित्र अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्या न्स र रोगको उपचारकै क्रममा मुम्बईस्थित एक अस्पतालमा बुधबार निधन भएको छ । खानका प्रवक्ताका अनुसार इरफानको निधन मुम्बइस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा भएको हो ।
सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल “सलाम बम्बे” बाट चलचित्र क्षेत्रमा इरफान प्रवेश गरेका थिए । यो चलचित्र मुम्बईका सडक बालबालिकाको कथामा आधारित थियो । इरफान खान मुम्बईमा मात्र सीमित भएनन् । उनले निकै ख्याती कमाएका “स्लमडग मिलेनियर”, “जुरासिक वल्र्ड”, “दी अमेजिङ स्पाइडर–म्यान” र “लाइफ अफ पाई” जस्ता चलचित्रमा समेत काम गरेका थिए ।
उनले सुप्रसिद्ध चलचित्र निर्देशकहरु मिरा नायर, वेस एन्डरसन र आङ ली सँग पनि काम गरेका थिए । सन् २०१८ मा इरफानलाई क्या न्स र भएको पत्ता लागेको थियो । त्यसपछि उनको उपचार बेलायतमा गरिएको थियो । खानको अल्पायूमै भएको निधनप्रति भारतीय चलचित्र क्षेत्रका व्यक्तित्वहरुले दुः ख प्रकट गरेका छन् ।
सन् २०१८ मा इरफानलाई न्युरो इन्डो क्राइन ट्यु मरभ एपछि अभिनेता खान उपचारका लागि लन्डन पुगेका थिए। आफूलाई का न्सर लागेको थाहा पाएपछि पनि उनले हिम्मत हारेनन्। आएका हरेक चुनौतीहरुलाई सम्हाल्दै उनले तिनको सामाना गरेर अगाडि बढे। गत वर्ष उपचारपछि लन्डनबाट भारत फर्केका इमरान कोकिलाबेन अस्पतालका डाक्टरको रेखदेखमा नियमित चेकजाँच गराइरहेका थिए।
इरफानको अन्तिम संस्कार बुधबार साँझ ५ बजे गरिएको हो । तर, उनको अन्तिम संस्कारको यात्राको बलिउडका कोही पनि सेलिब्रेटीहरुको उपस्थिती भएन । उनको अन्तिम संस्कारमा जम्मा २० जना व्यक्तित्वहरु सहभागी भएका थिए । जहाँ इरफानको परिवार र उनका निकटस्थ्यहरु मात्र थिए । लकडाउनका कारण २० भन्दा बढि व्यक्तित्वहरु जम्मा गर्न नचाहेको उनको परिवारले बताएका छन् ।