सिन्धुपाल्चोक जिल्लामा रहेको ॐ पार्क वरपरको सुन्दर मनमोहक दृश्य जसले मन लोब्याउँछ (भिडियो सहित )
काठमाण्डौं,जेठ १ । बैशाख महिना सकिँदा पानी जाडो हटेको छैन । यस पटकको मौसम निकै रमणिय भएको छ सिन्धुपाल्चोक जिल्लाभर दिन बिराएर पानी पर्ने त कहिले असिना बर्षा हुने मौसमले त्यहाँका बासिन्दालाई केही जनजीवन प्रभावित पारेको छ । लगाएको अन्नबाली असिना र जंगल वरपर आउने बनजन्तुले नाश गरेको खेतीबाली कसैलाई स्याहार्नै चटारो देखिन्छ ।
विश्वभर देखी नेपालमा कोरोना संक्रमण बढेको छ । लकडाउन भएको पनी ५० दिन कटीसकेको छ । तर नेपालभर फरक फरक स्थानको मौसमले बन्यजन्तु र प्राकृतिक बातावरणमा प्रदुषण मुक्त बनाएको छ । पानी परे पछी देखिएको यो सिन्धुपाल्चोक जिल्लाको ॐपार्क वडा न ७ स्थित खोलेखर्क वरपरबाट देखिएको मनमोहक ठाउँँको अवलोकन गरी आनन्द लिन हेर्नुहोस यो भिडियो :-