काठमाण्डौंमा फेरि लकडाउन हुने संकेत
काठमाडौं,साउन १७ । काठमाडौं उपत्यका लगायत केही मुख्य शहरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या थपिन थालेका छन् । कलडाउन अन्त्य गरेसंगै फेरी कोरोना संक्रमित थपिए पछि लकडाउनक अन्त्य गर्ने निर्णयका बारेमा पुनर्विचार गर्ने विषयमा पनि छलफल हुन थालेको छ । कोरोना भाइरसको ‘इपिसेन्टर’ बन्ने खतरा बढेपछि काठमाडौं उपत्यकामा फेरि लकडाउन गर्ने कि भन्नेबारे छलफल सुरु भएको हो। पछिल्लो समय उपत्यकामा दैनिक ५० जना भन्दा माथिको संख्यामा संक्रमित बढ्न थालेका छन् । घना बस्ती भएको उपत्यकामा दिनहुँ थपिएको संक्रमितको संख्याले चिन्ता बढाएको छ । सरकारले गत ११ चैतदेखि घोषणा गरेको लकडाउन ६ साउनको राति १२ बजेबाट अन्त्य भएको थियो । हाल बजार, छोटो दूरीका सार्वजनिक यातायात, उद्योग, कलकारखाना र सरकारी कार्यालय खुलेका छन् । लकडाउन खुलेसँगै मानिसहरुमा सचेतनाको पक्ष कमजोर देखिँदा कोरोनाको जोखिम उच्च भएको छ ।