उपत्यकामा अत्यावस्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिंदै
काठमाण्डौं, साउन २३ । उपत्यकाभित्रका तीनवटै जिल्लामा दुई साताको लागि अत्यआवश्यक बाहेक अन्य सेवा बन्द हुने भएको छ।
आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको वैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरू मध्ये अत्याआवश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको हो।’ दुई साताको लागि अत्यआवश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भयो,’ जिल्ला प्रशासन कार्यकलय भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्।
अहिलेसम्म काठमाडौं उपत्यकाभित्र ६ सय ७४ जना संक्रमित भइसकेको छ । जसमा ४ सय ७२ जना काठमाडौं, १ सय २४ जना ललितपुर र ७८ जना भक्तपुरका रहेका छन् । पछिल्लो समय उपत्यकाभित्र संक्रमितको सङ्ख्या थपिदै गएपछि यस्तो निर्णय गरिएको हो।
त्यस्तै भिडभाड र सार्वजनिक ठाउँमा जाँदा मास्क नलगाउनेलाई थप कडाईका साथ कारबाही गर्न निर्देशन दिने समेत निर्णय भएको छ।