संक्रमितको संख्या बढ्न सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह

काठमाण्डौं,भदौं १२ । सरकारले कोरोना भाइरस आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताए।

उनले कोरोना वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राखे। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले कोरोना बढीरहेको उनको भनाइ छ। उनले कोरोना देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न अनुरोध गरे।

प्रवक्ता डा। गौतमले कोरोना अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गरे। सकारात्मक सोच र चिन्तन गरी सबैले आ–आफ्नो ठाउँबाट कोरोनाको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उनको भनाइ छ। उनका अनुसार कोभिड–१९ को रोकथामको प्रमुख उपाय खोप र जनस्वास्थ्यका मापदण्डको पालना रहेको छ।

बिहीबार एकै दिन एक हजार १११ जनामा कोरोना देखिएको छ भने आठ जनाको कोरोनाका कारणले निधन भएको छ। उनले कोरोनाको रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारीलाई सहानुभूति प्रकट गर्न आग्रह गरे। ‘नेपालमा सवै अङ्ग कोरोनाको रोकथाम र नियन्त्रण गर्न अहोरात्र खटिएका छन्, खटिएका कर्मचारीका परिवार पनि कोरोनाबाट पीडित भएका छन्’ उनले भने ‘यस्तो कठिन घडी कोरोना रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारी र परिवारप्रति सबैले सहानूभुति राख्नुहोस।’

कोरोना नियन्त्रण र रोकथामका लागि विश्वमा भइरहेका अनुसन्धान प्रयासको सरकारले अध्ययन गरिरहेको उनले बताए। विश्वका कतिपय देशले परीक्षण गरिरहेका कतिपय खोप, औषधी सफल परीक्षणपश्चात हाम्रो देशका नागरिकले पनि राहत पाउने उनको भनाइ छ। कोभिड–१९ बाट आफू र आफ्नो परिवारलाई बचाउनसमेत उनले अनुरोध गरे।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv