स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना पुष्टि
काठमाण्डौं,भदौ २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना पुष्टि भएको छ । तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना पुष्टि भएको हो । परिवारकै सदस्यमा कोरोना पुष्टि भएपछि मन्त्री ढकाल पनि अहिले क्वारेन्टिनमा बसेका छन् ।
मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेके बताएका छन् । मिडियासंगको टेलिफोन सम्पर्कमा उनले आफु क्वारेन्टिनमा बसेको बताएका छन् । परिवारका सदस्यमै कोरोना पुष्टि भएपछि उनी कन्ट्याक ट्रेसिगंमा परको कारण क्वारेन्टिनमा बस्नुपर्ने भएको हो ।
उनले आफुलाई कोरोना नभएको भएपनि परिवारको सदस्यलाई पुष्टि भएका कारण क्वारेन्टिनमा बसेको बताएका छन् । मन्त्रालयको काम अहिले क्वारेन्टिनबाट नै हेरिरहेको उनले बताए । काठमाडौमा पछिल्लो समय भिआइपीहरु नै कोरोनाको जोखिममा परको छन् ।
मन्त्रीहरु कन्ट्रयाक ट्रेसिगंमा परेका छन् भने केही जनप्रतिनिधिहरुलाई कोरोना पुष्टि भएको छ । यस अघि गृहमन्त्री, रक्षामन्त्री लगायत पनि कन्ट्रयाक टेसिगंमा परेका कारण आइसोलेसनमा बसेका थिए । काठमाडौ महानगरपालिकाका मेयर लगायत केही जनप्रतिनिधिहरुलाई कोरोना पुष्टि भएको छ ।