अन्तत: सुरुभयो जनकपुर जयनगर रेल सेवा ( भिडियो सहित )

जनकपुर, असोज ४ । ६ बर्ष लगाएर निर्माण सम्पन्न भएपछी जनकपुर जयनगर रेलवे सेवा सुरु हुने भएको छ । त्यसका लागि अहिले नेपाल सरकारले २ वटा रेल रेल संचालनका लागि आवश्यक जनशक्तिको अभाव र कोरोना महामारीका कारण भारतीय सीमा सिल गरिएको र कोरोना भाइरसका कारण उत्पन्न अवस्था सामान्य नभएसम्म रेल चलाउन असहज हुने देखिएकोले तत्कालका लागि रेललाई पुन: भारत लगिएको अधिकारीहरु बताउँछन ।

करिब ८४ करोड ६५ लाखमा जी टुजी प्रक्रियामार्फत खरिद गरिएको दुईवटा रेलको २० प्रतिशत भूक्तानी भइसकेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्र साहले बताउनुभयो । जनकपुरधामको कुर्थादेखि भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालनका लागि शुक्रबार दिउँसो २ बजे जनकपुरधाम आएको रेलको परीक्षणपश्चात पुनः शनिबार अप्रान्ह भारतको जयनगरस्थित नेपाल रेल्वे स्टेसनमा पुर्‍याएर राखिएको छ ।

नेपालमा विक्रम सम्वत १९९४ देखि संचालनमा आएको रेल २०७१ सालमा जीर्ण भएर औपचारिकरुपमै बन्द भएपश्चात धनुषासहित प्रदेश नं.२ का आठवटै जिल्लाका बासिन्दा रेलसेवा नपाएर बढी प्रभावित छन् । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv