आरोप प्रमाणित भए दिपक जेल जाने रिताको हुने भयो बिजोग, अभियान्ता सागर थापाले गरे यस्तो खुलासा

काठमाण्डौं,कार्तिक २ । बलात्कारको प्रयास गरेको बारे रिता श्रेष्ठले लगाएको आरोप झुठो भएको धार्मिक अभियान्ता सागर थापाले बताउनु भएको छ । केही दिन अघी देखी दिपक रावल ले संचालन गरेको युट्युब मा निरन्तर सो बिषयमा सोधिएको प्रश्न को उत्तर दिँदै उक्त कुरा बताउनु भएको हो ।

विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय  समितीका अध्यक्ष सागर थापाका बिरुद्ध एक युवतीलाई मोहरा बनाइ बिभिन्न आरोपमा फंसाउन प्रयासरत युट्युबर दिपक रावल अब जेल जाने भएका छन ।

थापाले उनी उपर लगाएको आरोप बिरुद्ध साइबर क्राइम र अदालतमा मुद्धा दायर गरेपछी रावललाई पक्रन केन्द्रिय बिउरोले पक्राउ पुर्जी जारी गरेको हो ।  रावल पक्राउ परे गाली ब्यज्जतीको मुद्दा र साइबर क्राइमको अपराधमा ३ बर्ष जेल जाने पक्का छ ।

आखिर थापाका बिरुद्ध किन लागे रावल ?

कथित अन द स्पोट नाम को युट्युब संचालन गरी रोजगारीको लागि काठमाण्डौलाई कर्मथलो बनाउने प्रयास गरेका रावल कैलाली निवासी हुन । आफुलाई पत्रकार भन्दै हाल सम्म कुनै पनि सरकारी निकायमा दर्ता नभई मोबाइलबाटै युट्युब संचालन गरेका रावलको भिडियो युट्युबमा त्यती नचले पछी जसरी हुन्छ आफु र आफ्नो युट्युब च्यानल चर्चामा ल्याउन जे पनि न्युज बनाउदै हाल्न थाले सोही क्रममा उनले भक्तपुर निवासी रिता श्रेष्ठ नाम गरेकी युवतीलाई प्रयोग गरी थापा बिरुद्ध बलत्कारको आरोप लगाए । हाल उनी काठमाण्डौ छाडेर कैलालीमा छन ।

सो भिडियो सार्वजनिक भएपछी थापाले मुलुकी अपराध संहिता २०७४ को धारा ३ परिक्षेद २ को दफा ३०५ ,३०६ ३०७ र ३०८ समेत बमोजिम रावल उपर फौजदारी सजाय गरी न्याय पाउँ भनी जिल्ला अदालत काठमाण्डौंमा फिराद पत्र हालेका छन । उनले भने “मलाई लाल्छना लगाउने रिता श्रेष्ठ संग मेरो भन्दा पनि मेरो बुहारीको चिनजान रहेको र उक्त यीवतीको आमा शुभमाया श्रेष्ठले मेरो बुहारीसँग ८ लाख ४० हजार ६ सय २५ रुपैंया नगद ऋण लिएको र सो बापत जग्गा धरौटी राखेको तर उक्त जग्गा ब्यक्तीगत नभै सरकारी रहेको खुल्न आएपछी बुहारीले रकम फिर्ताका लागि अदालत जाने भएपछी मलाई बलात्कारको झुटा आरोप लगाइएको हो । म बिरुद्ध रावल र श्रेष्ठले बदनाम गर्न युट्युबको सहारा लिइएका हुन । ”

सम्पूर्ण रकम हडप्ने योजनामा युट्युबर रावलले श्रेष्ठ परिवारलाई प्रयोग गरेको हो या सो परिवारले युट्युबरलाई प्रयोग गरेका हुन भन्ने कुरा अदालतको फैसला पछी हेर्न बाँकी छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv