जन्ती बोकेको जिप दुर्घटना ५ जनाको निधन
रुकुम,मङ्सिर १३ । रुकुम पश्चिममा जन्ती बोकेको जिप दुर्घटनामा निधन हुनेको संख्या ५ पुगेको छ । ४ जनाको घटनास्थलमै निधन भएको थियो भने एक जनाको उपचारका क्रममा निधन भएको हो । शुक्रबार राति करिब ८ वजे तिर जन्ती बोकेको जिप दुर्घटना भएको हो । बाटो अप्ठेरो भएका कारण दुर्घटना भएको बताइएको छ ।
अप्ठेरो बाटोमा जिपमा रहेका युवकहरु उत्रिएका थिए, हिड्न नसक्ने वृद्धवुद्धाहरु जिपमै बसेको बेलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घटनास्थलमै ४ जनाको निधन भएको थियो, भने उपचारका क्रममा थप एक जनाको निधन भएपछि निधन हुनेको संख्या ५ पुगेको हो ।
घटनास्थलमै ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको निधन भएको हो भने ५८ वर्षीय लालबहादुर नेपालीको उपचारका लागि कोहलपुर लाँदै गर्दा बाटैमा निधन भएको हो।
पाँचै जना रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ८ का बासिन्दा रहेको प्रहरीले जनाएको छ । एउटै वडाका यति धेरै नागरिकको निधन भएपछि पुरै गाउँ शोकमा डुवेको छ । विवाहको रमाइलो बातावरण एकै छिनमा शोकमा परिणत भएको गाउँलेले बताएका छन् ।
आठबीसकोट–१० दाँजेबाट जन्ती लिएर आठबीसकोटकै वडा नम्बर १० घारीखोला जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजेतिर दुर्घटना भएको हो।