लाइन्स क्लव नेपाल द्वारा भक्त वि.वि. फर ह्युमानिटिलाई स्ट्रेचर हस्तान्तरण
काठमाडाै, मंसिर २२ । लाइन्स क्लव नेपालले भक्त वि.वि. फर ह्युमानिटिलाइ ८० थान स्ट्रेचर हस्तान्तरण गरेकाे छ । सोमबार काठमाण्डौको गोङगबुमा एक कार्यक्रमको आयोजना गरी भक्त बीबी वि.वि. फर ह्युमानिटि का अध्यक्ष संगिता बलामी लाई सो स्ट्रेचर हस्तान्तरण गरेको हो । अमेरिकामा रहँदै आउनु भएका देवेश गुरूङ र धिरेन गुरूङ काे विशेष सहयाेग एवम् इगल स्काउट फार्म, फ्रिस्काे युएसए, भक्त विवि हेल्पिङ्ग हेन्डस फर ह्युमानिटी, टेक्सास युएसए, र इन्टरनेशनल एसाेसिएशन अफ लाइन्स क्लबकाे आर्थिक सहयाेगमा काेभिड १९ बाट प्रभावित क्षेत्रमा बितरण गर्न स्ट्रेचर तयार गरिएको संस्था जनाएको छ ।
आज गाेंगबु, बसपार्क नजिक, एबिआर कम्प्लेक्सकाे हलमा एक कार्यक्रमका बिच लाइन्स क्लब नेपालका डिजि गभर्नर टंक बहादुर श्रेष्ठ ज्युले भक्त वि.वि. फर ह्युमानिटिका अध्यक्ष शारदा भुसाल (झा), चेयरम्यान संगिता बलामी, काेषाध्यक्ष पुरूषाेत्तम राजभण्डारी, सचिव गिता देवी ढकाल र सदस्य ज्ञानेन्द्र प्रसाद भट्ट समेतलाइ उक्त स्ट्रेचर हस्तान्तरण गर्नु भएकाे थियाे ।
स्ट्रेचर हस्तान्तरण कार्यक्रममा बाेल्दै भक्त वि.वि.फर ह्युमानिटीका अध्यक्ष श्री शारदा भुसाल झाले , कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका दुर्गम जिल्लामा पर्ने नगर तथा गाउँपालिकाका विभिन्न वडामा सडक यातायातकाे सुविधा र स्वास्थ्य सेवामा पहुँच नभएका र स्वास्थ्य केन्द्र पुग्न दुइ तीन दिन पैदल यात्रा गर्नु पर्ने स्थानहरूमा सर्वसाधारण नागरिकहरूकाे स्वास्थ्य अवस्थालाइ ध्यानमा राखी बिरामी पर्दा स्वास्थ्य केन्द्र सम्म पुर्याउन सहज हाेस् भन्ने उद्देश्यले आधुनिक किसिमका डबल फाेल्डिङ्ग स्ट्रेचर आवश्यकता देखिएकाे हुँदा हामीले भक्त विव हेल्पिङ्ग हेन्डस फर ह्युमानिटी का प्रदेश सल्लाहकारहरूलाइ वितरणका लागि प्रदान गर्ने हाे ।
उहाँहरू मार्फत विभिन्न जिल्लाका अति विकट बस्तीहरूमा यी स्ट्रेचर पुग्नेछन । यसका लागि भक्त विविका सल्लाहकार मित्रहरू संग यस विषयमा कुराकानी पनि भइसकेकाे छ र सम्बन्धित वस्तीहरूमा जानकारी पनि गरिसकिएकाे छ । जसकाे लागि हामीले संयुक्त व्यानर तयार गरि प्रत्येक स्ट्रेचरमै सिलाएका छाैं जसबाट पनि सम्बन्धित ठाउँमा पुग्ने र स्ट्रेचरकाे सहि सदुपयाेग हुने विश्वास लिएका छाैं ।
मानवीयताका लागि
यसरी अवसर जुटाउनु हुने दाता देवेश गुरूङ एवम धिरेन गुरूङलाइ विशेष धन्यवाद छ । यस्ताे राम्राे कार्यकाे उद्देश्य राखेर जुन अवसर दिनु भयाे उहाँलाइ हामी र हाम्राे संस्था हृदय देखि आभार व्यक्त गर्दछाैं । यस पुन्यकाे कार्यमा सहभागी हुने अवसर पाइयाे आउने दिनमा पनि यसरी नै साथ र सहयाेग हुनेछ भन्ने हामीले आशा राखेका छाैं ।
स्ट्रेचर वितरण गरिने स्थानहरू यस प्रकार रहेका छन् ।
कर्णाली प्रदेश
१. सुर्खेत जिल्ला
लेकवेशी नगरपालिका वडा नं. ५ को नेटामा – ५ थान
२. सल्यान जिल्ला
बनगाड कुपिण्डे नगरपालिका वडा नं. २ मा – २ थान
३. जाजरकोट जिल्ला
छेडागाड नगरपालिका वडा नं. ११ को झाप्रामा – २ थान
४. कालीकोट जिल्ला
खाँडाचक्र नगरपालिका वडा नं.८ मा – २ थान
५. जुम्ला जिल्ला
गुठीचौर गाउँपालिका वडा नं. ५ वेतालगाउँमा –२ थान
६. दैलेख जिल्ला
नौमूले गाउँपालिका वडा नं. २ कागतेमा –१ थान आठवीस नगरपालिका वडा नं. ५ गोर्खीमा –१ थान
७. रुकुम पश्चिम जिल्ला
चौरजहारी नगरपालिका वडा नं. ८ मा – २ थान
सुदुरपश्चिम प्रदेश
१. बझाङ जिल्ला
साइपल गाउँपालिकाको ७ वटा वडामा – ७ थान
थलारा गाउँपालिकाको ९ वटा वडामा – ९ थान
बुंगल नगरपालिकाको ११ वटा वडामा – ११ थान
२. डडेल्धुरा जिल्ला
आलिताल गाउँपालिकाको ८ वटा वडामा – ८ थान
परशुराम नगरपालिकाको १, २, ३, ६, ७ र ८ नं. वडामा – ६ थान
३. बैतडी जिल्ला
सुर्नया गाउँपालिकाको ८ वटा वडामा – ८ थान
४. दार्चुला जिल्ला
नौगाड गाउँपालिकाको १० वटा वडामा – ७ थान
५. डोटी जिल्ला
बोगटन गाउँपालिकाको वडा नं. २ किपलामा – १ थान
” ” वडा नं. ३ मेल्टामा – १ थान
” ” वडा नं. ५ धिर्कामाण्डौंमा – १ थान
बडी केदार गाउँपालिकाको वडा नं. १ रिसेडीमा – १ थान
” ” वडा नं. ३ सिन्दुरेपानीमा – १ थान
” ” वडा नं. ४ मान्नाकापडीमा – १ थान
” ” वडा नं. ५ केदारमाण्डुमा – १ थान
जम्मा ८० थान स्ट्रेचर वितरण गरिने स्थान र वितरणका लागि जिम्मेवारी प्रदान गरिदिनु हुन भक्त विवि हेल्पिङ्ग हेन्डस् फर ह्युमानिटि सुदुरपश्चिम प्रदेश सल्लाहकार श्री राज बहादुर चन्द ज्युलाइ अनुराेध गरिएकाे छ, उहाँ मार्फत कर्णाली प्रदेशका प्रदेश सल्लाहकार श्नी महेन्द्र नेपाली, सुदुरपश्चिम प्रदेश सल्लाकार श्री मनजित ताम्राकार, श्री मिलन परियार, श्री जगदिश धामी र श्री तेज बहादुर भण्डारी ज्यु समक्ष वितरणका लागि प्रदान गर्नु हुने जानकारी शारदा भुसालले दिनु भएकाे छ ।
लाइन्स क्लब नेपालका डिजि गभर्नर टंक बहादुर श्रेष्ठ ज्युले शुभकामना व्यक्त गर्दै यस्ताे पुनित कार्यमा सहभागी हुने अवसर प्राप्त भयाे । लाइन्स क्लब नेपाल र भक्त विवि फर ह्युमानिटिकाे सहकार्यमा याे स्ट्रेचर वितरण कार्यक्रम सकरात्मक छ । यातायात सुविधा नभएकाे ठाउँमा हिंजाेकाे दिनमा गाउँमा भाेगेका घटनाहरूकाे उजगार गर्दै कपडाकाे डाेली जस्ताे बनाएर वा डाेकाेमा बाेकाएर लिएर अस्पताल सम्म बिरामी पुर्याउनु पर्दथ्याे आजकाे दिनमा पनि यस्ता विकट भेगहरू छन् जहाँ यातायातकाे सुविधा पुग्न सकेकाे छैन यस्ताे ठाउँमा स्ट्रेचर बितरण गर्दा समयमा पुगेर उपचार भइ बिरामीकाे ज्यान बचाउन सकिन्छ । सेवाका हरेक कार्यमा लायन्स क्लवकाे सदैव साथ र सहयाेग रहनेमा विश्वास दिलाउँनु भाे। यस पुनित कार्यकाे शुभकामना व्यक्त गर्दै देवेश गुरूङ ज्यु र भक्त वि.वि.फर ह्युमानिटि एवम् भक्त विवि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटिलाइ मायाँकाे चिनाे समेत प्रदान गर्नु भएकाे थियाे ।
यसै क्रममा लाइन्स क्लवकाे तर्फबाट श्री बुद्धि बहादुर कार्कि ज्युले भन्नु भाे, श्री दिवेश गुरूङ ज्यु श्री धिरेन गुरूङ ज्युका सुपुत्र हुनुहुन्छ । धिरेन गुरूङ ज्यु समाजसेवामा समर्पित व्यक्ति हुनुहुन्छ र अहिले उहाँकाे छाेरा समाजसेवा प्रति समर्पति भएर अगाडी बढिरहनु भएकाे छ । उहाँहरूकाे विशेष आर्थिक सहयाेगले मात्र आज याे कार्यक्रमले पूर्णता पाएकाे हाे । उहाँहरू दुवै प्रति हार्दिक आभार व्यक्त गर्दछाैं र अब आउने दिनमा पनि साथ र सहयाेगकाे आशा राख्दछाैं भन्नु भएकाे छ ।