सञ्चार व्यवस्थापन र तनाव व्यवस्थापन तालिम सम्पन्न

काठमाण्डौं,साउन १८ । निर्वाचनलाई बढी प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन र सम्पन्न गर्न एवं आयोगले निर्वाचनका महत्वपूर्ण सरोकारवालाका रुपमा रहेका आम सञ्चारसँग असल र प्रभावकारी सम्बन्ध स्थापित गर्न आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा सञ्चालित निर्वाचनमा सञ्चार व्यवस्थापन तथा तनाव व्यवस्थापन तालीम कार्यक्रम मिति २०७९ श्रावण १६ र १७ गते भक्तपुरको नगरकोटमा सम्पन्न भयो । उक्त कार्यक्रमबाट आमसञ्चारसँग प्रत्यक्ष सम्पर्क एवं समन्वय गर्ने आयोगका कर्मचारी एवं पदाधिकारीको कुशलता एंव दक्षता अभिवृद्धि तथा निर्वाचनका समयमा हुन जाने कार्यचाप र त्यसबाट बढ्ने तनाव व्यवस्थापनमा समेत सहयोग पु¥याउने उद्देश्य लिइएको थियो ।

उक्त कार्यक्रममा शुभारम्भ मन्तव्य प्रदान गर्नुहुदै आयोगका माननीय प्रमुख आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन आमसञ्चारको महत्वपूर्ण भूमिका रहने र वर्तमान समयमा वढ्दो सामाजिक सञ्जालको प्रयोगलाई मध्यनजर गर्दै आमसञ्चारको नयाँ परिभाषाको आवश्यकता देखिएको छ भन्नु भयो । साथै आमसञचारले निर्वाचनका सवै प्रतिस्पर्धीका लागि समान एबितायचm को विकास गर्नुपर्ने आवश्यकता समेत प्रष्टयाउनु भयो । उक्त दुई दिने कार्यक्रमको समापन गर्दै माननीय निर्वाचन आयुक्त डा। जानकी कुमारी तुलाधरज्यूले तालीम कार्यक्रम अत्यन्त लाभदायक र उपयुक्त रहेको र यसबाट समूहमा काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको शुभारम्भमा आयोगका श्रीमान सचिव श्री गोकर्णमणी दुवाडीज्यूले कार्यक्रमका सहभागिहरुलाई स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

उक्त कार्यक्रमको पहिलो दिन निर्वाचनमा सञ्चार व्यवस्थापन, सूचनाको हक तथा निर्वाचन सम्बन्धी सूचना प्रवाह गर्ने पदाधिकारीहरुको भूमिका लगायतका विषयमा सघन छलफल भयो । कार्यक्रमको द्रोश्रो दिन तनाव र तनाव व्यवस्थापन सम्बन्धी विषयमा छलफल र अभ्यास भएको थियो । दुईदिन सञ्चालन गरिएको उक्त कार्यक्रम माननीय निर्वाचन आयुक्तज्यूहरु एव सचिवज्यू लगायतको उपस्थिति थियो । सहभागिहरुको रुपमा आयोगका सहसचिव, उपसचिव र शाखा अधिकृतहरुको सहभागिता थियो । विज्ञ सहजकर्ताको रुपमा रहनुभएका श्री हरि बहादुर थापा ९प्रधान सम्पादक, इ कागज डट कम०, श्री यशोधा तिम्सिना ९पूर्व आयुक्त, सुचना आयोग०, डा। राजु अधिकारी र डा। बालकृष्ण खनालले सम्बन्धित विषयवस्तुमा आ(आफ्नो प्रस्तुति दिनु भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv