बगरापुरमा नेपाली काग्रेसको प्रजातन्त्र दिवस

फागुन ८ ,बगरापुर । दाङ जिल्लाको राप्ती गाउँपालिका अन्तरगत वडा नं ६ को बगरापुर गाउँमा ७२ औं प्रजातन्त्र दिवसको अवसरमा अन्तरक्रिया गरिएको छ ।
नेपाली काग्रेस पार्टिको राप्ती गाउँपालिका वडा नं ६ का वडा सभापति विश्वम्भर चौधरीको अध्यक्षता, लुम्विनी प्रदेश सदस्य देव नारायण चौधरीको प्रमुख आथित्यतामा ७२ औं प्रजातन्त्र दिवसको अवसरमा आज शनिवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

सामुदायिक होमस्टे बगरापुरको सभाहलमा आयोजित प्रजातन्त्र दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नं १ का सदस्य गणेश चौधरी, संसद अलि खा, क्षेत्र नं १ प्रदेश क सह सचिव भिम बहादुर चौधरी, पालिका उप सभापति स्यामा रावत, सचिव तिर्थराज ज्ञवाली, संगठन विभाग प्रमुख सुरेन्द्र भुसाल, नेपाल शिक्षक संघ राप्तीका अध्यक्ष मंगल प्रसाद चौधर, सदस्य प्रेम बहादुर चौधरी, धर्म उप्रेति, क्षेत्रिय प्रतिनिधिहरु एवं टोल कमिटिमा पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममां प्रजातन्त्र आगमनमा नेपाली काग्रेसको भुमिका बारे क्षेत्रिय प्रतिनिधि अयोध्या प्रसाद चौधरीले विषय प्रबेश गराउनु भएको थियो ।
२००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली लागू भएको चर्चा गर्दै कार्यक्रमका बक्ताहरुले अब यसलाई संस्थागत गर्दै समतामुलक समाजको निर्माण गर्नुपर्ने बताउनु भएको छ ।

जहानियाँ हुकुमी शासन अन्त्य भएको दिन, राणा शासकहरूको १०४ वर्ष लामो वंशीय, निरङ्कुश र हुकुमी शासनलाई बिदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको दिन २००७ फागुन ७ को सम्झना गर्दै अन्तरक्रिया कार्यक्रमका शहिदको बलिदानको चर्चा गरिएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विक्रम संवत् १९९७ साल माघमा बलिदानी दिनु भएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ सालमा एकीकरण भएर बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनाको घोषणा गरेको होे । बगरापुर गाउँमा भएको ७२ औं प्रजातन्त्र दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको सन्चालन वडा सचिव सुर्य प्रसाद चौधरीले गर्नु भएको थियो ।बगरापुरमा नेपाली काग्रेसको प्रजातन्त्र दिवश
फागुन ८ ,बगरापुर । दाङ जिल्लाको राप्ती गाउँपालिका अन्तरगत वडा नं ६ को बगरापुर गाउँमा ७२ औं प्रजातन्त्र दिवसको अवसरमा अन्तरक्रिया गरिएको छ ।
नेपाली काग्रेस पार्टिको राप्ती गाउँपालिका वडा नं ६ का वडा सभापति विश्वम्भर चौधरीको अध्यक्षता, लुम्विनी प्रदेश सदस्य देव नारायण चौधरीको प्रमुख आथित्यतामा ७२ औं प्रजातन्त्र दिवसको अवसरमा आज शनिवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

सामुदायिक होमस्टे बगरापुरको सभाहलमा आयोजित प्रजातन्त्र दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नं १ का सदस्य गणेश चौधरी, संसद अलि खा, क्षेत्र नं १ प्रदेश क सह सचिव भिम बहादुर चौधरी, पालिका उप सभापति स्यामा रावत, सचिव तिर्थराज ज्ञवाली, संगठन विभाग प्रमुख सुरेन्द्र भुसाल, नेपाल शिक्षक संघ राप्तीका अध्यक्ष मंगल प्रसाद चौधर, सदस्य प्रेम बहादुर चौधरी, धर्म उप्रेति, क्षेत्रिय प्रतिनिधिहरु एवं टोल कमिटिमा पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममां प्रजातन्त्र आगमनमा नेपाली काग्रेसको भुमिका बारे क्षेत्रिय प्रतिनिधि अयोध्या प्रसाद चौधरीले विषय प्रबेश गराउनु भएको थियो ।
२००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली लागू भएको चर्चा गर्दै कार्यक्रमका बक्ताहरुले अब यसलाई संस्थागत गर्दै समतामुलक समाजको निर्माण गर्नुपर्ने बताउनु भएको छ ।

जहानियाँ हुकुमी शासन अन्त्य भएको दिन, राणा शासकहरूको १०४ वर्ष लामो वंशीय, निरङ्कुश र हुकुमी शासनलाई बिदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको दिन २००७ फागुन ७ को सम्झना गर्दै अन्तरक्रिया कार्यक्रमका शहिदको बलिदानको चर्चा गरिएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विक्रम संवत् १९९७ साल माघमा बलिदानी दिनु भएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ सालमा एकीकरण भएर बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनाको घोषणा गरेको होे । बगरापुर गाउँमा भएको ७२ औं प्रजातन्त्र दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको सन्चालन वडा सचिव सुर्य प्रसाद चौधरीले गर्नु भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv