एमसीसीका बिषयमा एमाले अध्यक्ष ओली लाई फकाउन प्रधानमन्त्री देउवा फेरी पुगे बालकोट ( भिडियो सहित )

काठमाण्डौ,फागुन १३ । प्रधानमन्त्री शेर बहादुर देउवा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानु भएको छ । बिहीवार साँझ सत्तारुढ माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड बिच बालुवाटारमा कुराकानी भएपछी सिधै ओली निवास बालकोट जानुभएको हो । प्रधानमन्त्री देउवाको साथमा कांग्रेसका अरू नेताहरू पनि सहभागी छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेताहरूसँग एसमीसी पास गर्ने र गठबन्धन पनि जोगाउने विषयमा छलफल गरेको बुझिएको छ । उक्त छलफल सकारात्मक भएको नेताहरूले बताएका छन् ।

छलफलमा प्रधानमन्त्री देउवाका साथ सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्का,महामन्त्री गगनकुमार थापा सहभागी छन् । त्यस्तै एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल,उपमहासचिव प्रदिप ज्ञवालीको सहभागी रहेको जनाइएको छ ।

एमसीसी सम्झौता लिने वा नलिने भन्ने बारे म्याद सकिनै लाग्दा विभिन्न  दल र सरकारमा रहेको गठबन्धन बिच छलफल र बिपक्षका नेताहरु बिच निकै रस्साकस्सी चलीरहेको छ त्यस्तै अन्य दलहरु भने प्रदर्शन र आन्दोलनमा उत्री रहेका छन् ।

संसोधन बिना एमसीसी पास भयो भने देश नरहने चेतावनी दिदै आएका नेकपा समाजवादीका बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनाल को भनाई छ । त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले पनि एक कार्यक्रम मार्फत एमसीसी घातक रहेको र देशलाई बिखण्डनमा धकेलिने बताउनु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv