एनआरएनको १०औ महाधिवेशनबाट विनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन हुनुको ९ अर्थ: बिश्वदिप टिगेला (बिचार)
काठमाडौं,चैत १० । एनआरएनको १०औ महाधिवेशनबाट विनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन हुनुको ९ अर्थ बिश्वदिप टिगेला बिचार राख्नु भएको छ । वहाँले आफ्नो फेसबुक मार्फत सो धारणा स्पस्ट पार्नु भएको हो | एनआरएनमा विवाद भएपछी संरक्षक परिषद सक्रिय रुप मा लगेर यतिबेला शेष घलेको नेतृत्वमा काठमाण्डौमा १० औं सम्मेलनको आयोजना गरिएको छ ।
बिश्वदिप टिगेलाले राखेका ९ वटा बुँदा यस्ता छन् :-
१. विधान र विधि अरुले पनि जान्दछन र कार्यन्वयन गर्न सक्दछन भन्ने सन्देश ।
२. कुल आचार्य आफ्नो साँठगाँठ बढाउन चुपचाप बसेका शेष घलेको शरणमा पुगे र शक्ति आर्जन गरे तर अन्ततः विधि सम्मत अधिवेशन अघि बढिसकेको बखत प्रमुख संरक्षकको अपमान हुनेगरि आचार्य चुपचाप सहमति गर्न पुगे, अगाडी बढि सकेको अधिवेशन रोक्न मिल्दैन थियो जुन सम्पन्न हुनेक्रममा पुग्नु स्वभाविक हो ।
३. ब्यक्तिगत क्षमताले नभई पार्टीको बुईचढेर नेता हुने सपनाको भरोसा हुदैन भन्ने उद्धाहरण ।
४. जनसम्पर्क समितिको चूरीफूरी चक्नाचुर भएको छ ।
५. घले एनआरएनको नेतृत्व नभएको भए सम्भवत हाल एनआरएनको केन्द्रीय कार्यालय रहेको जग्गा खरिद हुन्नथ्यो, विशाल भवन बन्ने थिएन । किन की अरु नेतृत्वले त २००३ मा गठन भएको एनआरएन दर्ता गर्न नै त उदासिन थिए अन्ततः बल्ल स्थापना भएको १० बर्ष पछि मात्र दबाबको कारण दर्ता गरेका थिए भने जग्गा किन्ने र भवन बनाउने परिकल्पना गर्नै सकिन्न ।
६. एकथरी एनआरएन नेताहरु एनआरएनको प्लेटफर्म प्रयोग गरेर बैंक, हाइड्रो तथा वित्तिय संस्था आदि ब्यापार गरेर निरन्तर आर्थिक उपार्जन गरिरहेका छन तर घलेले निरन्तर एनआरएनलाई दिई मात्र रहेका छन त्यसको उपलब्धि हो यो अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनु अर्थात घले एक्लै छैनन । सिमित एनआरएन नेतालाई करोडपति बनाउन अब अरु एनआरएनहरु तयार छैनन भन्ने शंन्देश पनि हो ।
७. संगठनको नेतृत्व असक्षम हुदा के कस्तो घाटा हुन्छ भन्ने शंन्देश ।
८. संरक्षक परिषदलाई क्रियाशिल गराई सकेपछि पुनः निवर्तमान अध्यक्ष पन्तले संरक्षक परिषदको जिम्मा खारेजीको जुन दुश्प्रयास भयो त्यो नै सबैभन्दा महाभूल भयो र सिंगो एनआरएनको निमित्त दुःखद अवस्था आयो ।
९. नवनिर्वाचित अध्यक्ष विनोद कुंवरको नेतृत्वले एनआरएनको मान्यता पाए राम्रो, नपाए पनि समानान्तर एनआरएन एउटै हैसियतमा नेपाल सरकारबाट मान्यता प्राप्त गर्न सक्दछ । ऐन २०६४ र नियमावली २०६६ ले बाटो दिएको कारण संस्था अगाडी बढछ भन्ने आत्मविश्वास ।