निर्वाचन आयोग : मनोनयन दर्ताको पहिलो दिन १० हजार ५३३ उम्मेदवारी दर्ता
काठमाण्डौं,बैशाख १२ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता प्रक्रिया देशभर शुरु भएको छ । तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन सबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुनेक्रम जारी छ । आयोगको सूचना प्रणालीमा आईतवार साँझ ७ः३० बजेसम्म कूल १० हजार ५३३ उम्मेदवारी दर्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याब्क प्राप्त भएको छैन । निर्वाचन आयोगको सूचना प्रविधि शाखाले ती तथ्याब्क प्रशोधनको कार्य गरिरहेको छ । सो शाखाकाअनुसार प्रणालीमा सब्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल नौ सय ७३, उपप्रमुख र उपाध्यक्षमा चार सय ९४, वडा अध्यक्षमा दुई हजार आठ सय २६ को उम्मेदवारी दर्ताको विवरण संकलन भएको छ ।
त्यस्तै वडा सदस्यमा तीन हजार एक सय ९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० गरी कूल वडा सदस्यमा १० हजार एक सय सात दर्ता भएको छ । देशभरका ७५३ स्थानीय तहका लागि कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ ।
आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते दुवै दिन बिहान १०ः०० बजे देखि ५ बजेसम्मका लागि मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको हो । वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।