कोहलपुर नगरपालिका ११ मा नेकपा एमालेको प्यानलले नै विजयी
कोहलपुर,जेठ ७ । कोहलपुर नगरपालिका ११ मा नेकपा एमालेको प्यानलले नै विजयी भएको छ । एमालेका तर्फबाट वडा अध्यक्ष पद सहित ४ सदस्यहरुले विजयी प्राप्त गरेका छन् ।
एमालेको तर्फबाट वडा अध्यक्ष पदमा कल्पना अधिकारी शर्माले १४२३ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा मन प्रसाद आचार्यले १२७५ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट नेकपा माओवादी केन्द्रको वडा अध्यक्ष पदमा धर्मसिह कार्की (शुवास)ले १२४६ मत प्राप्त गरेका छन् ।
यस्तै एमालेको तर्फबाट सदस्यमा गिता चलाउनेले १४२६, सारा परियारले १४०८, बजु थारुले १३२६, सुधन ढकालले १४२४ मत प्राप्त गरी विजयी भएका छन् ।
यस्तै उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सदस्य सावित्री गिरीले १२३०, आशा विकले १२५० गंगा राम थारुले १११७, प्रताव खत्रीले ११६१ मत प्राप्त गरेका छन् ।
यस्तै गठबन्धनको तर्फबाट माओवादी केन्द्रको तर्फबाट सदस्यमा युवराज भण्डारीले ११५१, सिता थारुले १२२४, आमृता परियारले १२०२ र एसको तर्फबाट हिमलाल घिमिरेले ९६७ प्राप्त गरेका छन् । अहिले वडा नम्बर ६ को मतगणना सुरु हुन लागेको छ ।
यस्तै कोहलपुर निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार दुई जना सदस्य चिन्हमा अधिकत मत बदर भएको बताएको छ । जसमा १४१४ बदर भएको छ । यस्तै मेयर पदमा ३४५, उपमेयरमा ७४१, वडा अध्यक्षमा ३५४, महिला सदस्यमा ३९८, दलित महिला सदस्यमा ४४७ र सम्पूर्ण रुपमा मत बदर संख्या ४६ रहेको बताएको छ । कोहलपुर नगरपालिकामा ११ मा ६५६० मतदाता भएको वडामा ४५७८ मत खसेको थियो ।