पेट्रोलियम पदार्थको भाडावृद्धि संगै यात्रुवाहक तथा मालबाहक सवारीको भाडा पनि बढ्यो

काठमाण्डौं,असार ७ । पेट्रोलियम पदार्थको भाडावृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय यतायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालबाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा समायोजन गरेको यातायता व्यवस्था विभागले जनाएको हो ।

सरकारले हालै १६ प्रतिशत भन्दा बढी हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विभागका अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सावरी सधानमा ९.९४ प्रतिशत, यात्रुवाहक सावरी सधानमा ५.३० प्रतिशत, तराइको बाटोमा सञ्चालन हुने मालबाहक सावरी सधानमा ७.७ प्रतिशत भडावृद्धि भएको हो ।

 

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv