नागरिकता विधेयक संसदबाट पारित हुनु र आम नागरिकमा देखिएको त्रास
काठमाण्डौं,साउन ८ । प्रतिनिधिसभाले शुक्रबार नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित गरेको छ । अब राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्नेछ राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक कानूनका रुपमा कार्यान्वयन हुनेछ । तर यो बिधेयक पारीत गरे सँगै राष्ट्रहित बिपरित छ भन्नेहरुले सामाजिक संजाल फेसबुक,टुइटर लगायत सार्वजनिकरुप मै बिरोध गरिरहेका छन ।
नागरिकता जस्तो संबेदनशिल बिषयमा राष्ट्रिय नेताहरुको फितलो प्रवितीले देश फिजीकण हुन लाग्यो भन्ने एकथरीको मत छ भने देशमा लेण्डुपेको जन्म भएको भन्दै चिन्तित हुनेहरुको पनि उत्तिकै अभिमत देखिन थालेको छ । आउनोस क-कस्ले के के भनेका छन यो नागरिकता बिधेयकका बिषयमा हेर्नुहोस् टुइटरमा लेखिएका वहाँहरुका अभिव्यक्ति :-
रमेश कोइराला
छोरी वा छोरा, राष्ट्रियता दुवैमा समान हुन्छ। दुवै नेपाली हुनमा उत्तिकै गर्व गर्छन्। उभिएर पिसाब फेर्दै जसलाई राष्ट्रियता भन्ने सोचेर समातिराख्नु भएको छ नि, त्यो राष्ट्रियता हैन, तपाईँको तुरी हो।
निर्मल प्रसाई
राष्ट्रिय सभाले नागरिकता विधेयक फेल गराओस्, बरु ६ महिनाको साटो १ वर्ष नाकाबन्दी सहौंला। कष्ट भन्दा ठूलो राष्ट्र।
लाउरे
दुखकाे कुरा, भाेट कल्लाइ दिम्ला, एमाले काउरेस म्याउबादि सबै खानका काल, जताततै साम्पाङ नभेटिने, बरु हजुर उठ्दिनु ।
प्रकाश राई
मोदी सङ्ग भेट नभएर एउटा साधारण व्यक्ति सङ्गको भेटमा त यस्तो संसद हल्लाउने शक्ति राख्छ भने अब सोचौ हामी कहाँ सम्म पुगी सक्यो भनेर…
गुलामी भन्ने कुरा कसैले आफ्नो देशमा हुकुमत गर्नै पर्छ भन्ने छैन, कसैको इसारामा नाच्नु भनेको पनि दासत्व हो…
माण्डवी पौडेल
राष्ट्रको नागरिकता जस्तो संवेदनशील बिषयलाई भारत गएर कुनै अमुक पदसँग साटफेर गरेर आउने नालायकहरु नेता होईनन्, भारतको आशीर्वादले पदमा टिकेका भाडाका टट्टू हुन्। जसले राष्ट्रका लागि होईन छिमेकी राष्ट्रको एजेण्डा र ईच्छा अनुसार निर्णय गर्दिन्छन्।
निर्वाचन नजिकिदै छ,हिसाव राखौ।
डा. सुन्दरी पोखरेल
जनसंख्याको बलमा नेपाल खाने भारतको नीति छ भन्ने देउवा र प्रचण्डले बुझेका छैनन् र ? उत्तर भारतको जनसंख्या नेपालमा विस्थापन गर्ने अनि जनसंख्याको बलमा नेपाल कब्जा गर्ने भारतीय नीतिको पछिल्लो उदाहरण हो सिन्दुरे विधेयक । सिन्दुरे विधेयक खारेज हुनुपर्छ ।
शिव घिमिरे
ठुलो रसियाले सानो युक्रेनमा आक्रमण गर्दा सहि गर्यो भन्ने राष्ट्रवादी त छन् नेपालाँ!! भारतले नेपालमा आक्रमण नगरी जनसंख्याको बलमा खाओस भन्ने होलान्! नत्र ‘बिस्तारवाद मुर्दावाद!’ भन्दै कालापानीमा खुकुरी चम्काएर जनता उचाल्नेहरु नै देश बेचुवा भएसी कल्ले बचाउने??