पहिरो पीडित १४ घरपरिवारलाई लालपुर्जा बितरण

सिन्धुपाल्चोक,साउन ९ । बार्हबिसेको टंसारमा पहिरो पीडितहरुलाई लालपुर्जा बितरण गरिएको छ । सोमबार आयोजित कार्यक्रमका प्रमुख अतिथी पुर्वमन्त्री एबम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पहिरो पीडित १४ घरपरिवारलाई लालपुर्जा बितरण गर्नु भएको हो ।

सो कार्यक्रममा नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङको उपस्थिती रहेको थियो ।

२०७७ भदौमा आएको पहिरोले टंसारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल १४ परिवारलाई डाँडागाउँका सुरक्षित स्थानमा घर निर्माण गर्न जग्गाको लालपुर्जा प्रदान गरिएको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

अन्य विस्थापितलाई पनि सुरक्षित स्थानमा जग्गा खोजी गरेर लालपुर्जा वितरण गरिने र घर बनाउन असोजमा उनीहरुलाई रकम उपलब्ध गराउने उहाँले बताउनुभयो ।

हालसम्म जिल्लाका १२ स्थानीय तहका विभिन्न स्थानमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिले घर गुमाएका एक हजार ४१ परिवार लाभग्राही कायम भएका छन् ।

पीडितकालाई पुनर्बासका लागि जग्गा खरिद गर्न ३ लाख र घर निमार्णका लागि ५ लाख दिइएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv