अवधी प्रतिष्ठान स्थापना गर्न आयोगले सिफारिस गर्छ : अध्यक्ष डा.दत्त

बाँके,साउन २० । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले अवधी भाषाको प्रबर्धन गर्न प्रतिष्ठान स्थापना गर्न आयोगले नेपाल सरकारमा सिफारिस गर्ने बताउनुभएका छन् | लुम्बिनी प्रदेशको नेपालगंजमा आयोजना गरिएको ५२५ औं तुलसी जयन्ती तथा तृतीय अन्तरदेशीय अवधी महोत्सवको प्रमुख अतिथिको रुपमा सहभागी भएका अध्यक्ष डा.दत्तले आयोगलाई भाषा, कला र संस्कृतिको सम्बर्धन, संरक्षण तथा सशक्तिकरण गर्ने आयोगको दायित्व रहेको र सो दायित्वलाई निर्वाह गर्दै अवधी भाषालाई प्रबर्धन गर्न आयोगले कुनै कसर बाँकी नराख्ने समेत बताउनुभएका छन् |

अध्यक्ष डा.दत्तले लुम्बिनी प्रदेशका स्थानीय पालिकाहरुले अवधी भाषालाई यथाशिघ्र कामकाजको भाषा बनाउन, पाठ्यक्रममा अवधी भाषालाई समेट्न ढिला गरेको र अब छिटै कार्यान्वयनमा ल्याउनु पर्ने समेत बताउनुभएका छन् |

अध्यक्ष डा.दत्तले अवधी भाषालाई प्रबर्धन गर्न आयोगले आयोगका सदस्य तथा लुम्बिनी प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा विशेष रणनीति बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् |

सो महोत्सवले ७ बुंदे घोषणा पत्र जारी गर्दै मधेशी आयोग मार्फत नेपाल सरकारलाई कार्यान्वयन गर्न अनुरोध समेत गरेको छ | सो महोत्सवमा नेपाल भारतका करिब १५० जना अवधी भाषाको अगुवाहरुको सहभागिता रहेको थियो |



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv